पर्साका सांसद कानुले घाइते महिला भेटेर उपचार खर्च व्यहोर्ने प्रतिबद्धता दिए

78

वीरगञ्ज – पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य सुशील कुमार कानु ले घरेलु हिंसामा गम्भीर घाइते भएकी हरिकला देवी सहनी लाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

बाराको परवानीपुर गाउँपालिकास्थित एलएस न्युरो अस्पतालमा उपचाररत सहनीलाई बिहीबार भेटेका सांसद कानुले पीडितमाथि आक्रमण गर्ने उनका श्रीमान् विश्वनाथ सहनीलाई छिटो पक्राउ गरी कडा कारबाही गर्न प्रहरी प्रशासनसँग आग्रह गरे।

भेटका क्रममा उनले उपचारमा कुनै कमी नपरोस् भनी सम्पूर्ण खर्च आफैले व्यहोर्ने प्रतिबद्धता जनाए। सांसद कानुले पर्सा प्रहरी प्रमुख एसपी सुदीपराज पाठक सँग पनि घटनाबारे छलफल गर्दै दोषीलाई छिटो नियन्त्रणमा लिन आग्रह गरे।

सांसद कानुले महिला हिंसा नियन्त्रणका लागि नीतिगत सुधार आवश्यक रहेको उल्लेख गर्दै संसद्मा यो विषय उठाउने र पीडितको राहतको व्यवस्था गर्न सरकारसँग माग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Leave A Reply

Your email address will not be published.