पर्साको (बि.आई.टी) वीरगन्ज इन्स्टिच्युट अफ टेक्नोलोजी कलेजमा विद्यार्थीहरूसँग अन्तरक्रिया कार्यक्रम समपन्न

205

२ असोज, वीरगन्ज आनन्द पटेल

वीरगन्ज महानगरपालिका वडा नं १४ पिपरामा सञ्चालनमा रहेको  (बि.आई.टी) वीरगन्ज इन्स्टिच्युट अफ टेक्नोलोजी कलेजमा बुधबार विद्यार्थीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

यस कलेजमा सिभिल इन्जनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा यसै कलेजमा अध्ययन गरेर आज सफल उद्यमी भएका दुई जना सञ्जु साह र दिपु साहले विद्यार्थीहरुसंग आ ( आफ्नो अनुभव सेयर गरेका थिए ।

यसै कलेजबाट सिभिल इ्जिनियरिङ अध्ययन गरेर आज यसै फिल्डमा राम्रै ब्यापार गरेर बसेका बारा परवानीपुर गाउँपालिका वडा नं ५ बहुअरी टोल निवासी सञ्जु साहले विद्यार्थीहरूसँग आफ्नो सफलताको कथा सेयर गरेका थिए ।

उनले आफू यो ठाउँसम्म आइपुग्न धेरै मिहिनेत र कडा परिश्रम गरेको बताए । खासगरी उनले विद्यार्थीहरुलाई कक्षा कोठामा भौतिक र मानसिक दुवै रुपमा बसेर शिक्षकले बढाएका कुरालाई राम्रैसँग अध्ययन गर्न आग्रह गरेका थिए । एउटा सफल उद्यमी र व्यापारी बन्नको लागि अनुशासन र धर्याता एकदमै जरुरी रहेको उनले विद्यार्थीहरुलाई सुनाए ।

साथै उद्यमी साहले जीवनमा उतार चढाव आइरहने भएकोले विद्यार्थीहरुलाई न आतीन आग्रह गरे । अन्तरक्रिया कार्यक्रममा बोल्दै स्थानीय सञ्जु साहले आज म जुन मुकाममा पुगेको छु, यसमा यस कलेजको निक्कै ठूलो सहयोग रहेको बताए। उनले भने ू आफू यसै कलेजमा सिभिल इन्जिनियरिङको अध्ययन गरेर जीवनमा अगाडि बढेको बताएू ।

साथै उनले आज यस कलेजमा फेरी आउँदा निक्कै खुशी लागेको र आउने दिनमा विद्यार्थीहरूसँग अन्तरक्रिया गरिराख्ने प्रतिबद्धता जनाए ।

यसैगरी अर्का सफल उद्यमी दिपु साहले पनि आफू पनि यसै कलेजमा अध्ययन गरेर आज कन्ट्रक्सनको काम गरिरहेको बताए । साथै उनले सिभिल इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरूको लागि हाम्रै देशमा कामको राम्रै अवसर रहेको बताए।

उनले स्थानीय तह देखि केन्द्र तहसम्म हरेक फिल्डमा सिभिल इन्जिनियरको खोजी रहेकोले राम्रैसँग अध्ययन गर्न विद्यार्थीहरुलाई आग्रह गरे । अन्तरक्रिया कार्यक्रममा दुवै उद्यमीहरुलाई कलेजले खाँदा र ब्याच लगाई सम्मान समेत गरेको थियो ।

Leave A Reply

Your email address will not be published.