पर्साबाट नकली नोट सहित दुई जना पक्राउ

389

वीरगञ्ज १८ । पर्सा प्रहरीले १ लाख २३ हजार नकली नोट सहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार पश्र्चिमी चम्पारण बेतिया भावल बस्ने ३० वर्षिय क्यामुदिन मियाँ र बारा प्रसौन वडा नं २ बस्ने ४० वर्षिय हलिमा खातुनलाई पक्राउ गरेको हो । प्रहरीले खातुनको साथबाट १ लाख २२ हजार र मियाँको साथबाट १ हजार गरी  १ लाख २३ हजार नकली नोट बरामद गरेका जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ परेका मियाँ र खातुनलाई नियन्त्रण लिएको र मुद्रा सम्बन्धी कसुरमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बताउनु भएको हो ।

Leave A Reply

Your email address will not be published.