पर्सामा तस्करी फस्टायो,शस्त्र र जनपदका द्धय(एसपी)को मिलोमतो,बारा प्रहरी द्धारा १३ वटा ट्रक नियन्त्रणमा
वीरगन्ज, माघ ६
पर्सामा प्रहरीकै मिलेमतोमा तस्करी फस्टाएको छ । सीमा क्षेत्रको सुरक्षा गर्ने प्रमुख जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलकै मिलोमतोमा तस्करी फस्टाएको सामाचार प्रप्त भएको छ ।
सीमा सुरक्षादेखि सीमा क्षेत्रबाट हुने तस्करीलाई नियन्त्रण गर्न मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरी नै तस्करसँग मिलेर तस्करीलाई फस्टाएको स्रोतले जनाएको छ। पर्साको मुख्य नाका वीरगञ्जसहित ग्रामीण भेगका बिभिन्न सीमानाकामा सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बलकै हाकिमहरूको मिलेमतोमा भैँसीदेखि कुखुरासम्मका तस्करीको खबरले आस्र्चय बनाएको छ ।
भारत बिहारको विभिन्न ठाउँबाट राँगा–भैँसी र खसीबोका खरिद गरी ग्रामीण भेगका बिभिन्न नाकाबाट सशस्त्र प्रहरीकै संरक्षणमा दिनहु सयौको संख्यामा निर्बाध पशुहरू भारतबाट नेपाल भित्रिने गरेका छन । प्रसौनी, अमरपट्टी, अलौं, सीमानाकाबाट कुखुराको चल्ला, राजनिवास र रजनीगन्धाको ठुलो मात्रामा प्रहरीकै संरक्षण तस्करी भईरहेको स्रोतले जनाएको छ । यसैगरी तस्करहरुले भारतबाट नेपालतर्फ गहुँ, धान, मोबिल, सिल प्याक मदिरा तथा घरेलु मदिरा सहित प्याजको ब्यापक तस्करी प्रसौनी र अमरपटी सीमानाकाबाट गरीरहेका छन ।
तस्करहरुले लाईन खुलाउन मोटो रकम नजरानाको रुपमा शस्त्र प्रहरीका ठुला हाकीमहरुलाई बुझाउदै आएका छन । तस्करहरुले शस्त्र प्रहरी बल नम्बर १३ गण पर्साका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) किशन कर्माचार्यको महिनवारी बान्धे र उनकै सेटिङ्गमा खुल्याम तस्करी गरीरहेको नाम नबताउने सर्तमा एक जना प्रहरीले जनकारी दिए । स्रोतका अनुसार प्रसौनीभाठा नाकाबाट कपडा मासुजन्य चौपाया राँगा–भैँसी तस्करी निकै फस्टाएको हो । सशस्त्रका एसपीलाई महिनाको लाखौं रुपैयाँ बुझाएर तस्करले पिकअप, मोटरसाइकल, भरीयाको माध्यमबाट समानको सुरक्षित रूपमा तस्करी गर्दै आइरहेको स्रोतकोे दावी छ । यता वीरगन्ज महानगरपालिकामा पर्ने इनर्वा भन्सार, छपकैया, स्रिशिया, भकुवा, अलौ, लगायत नाकाबाट प्रहरीको सेटिङमा खुलेआम कपडा, मोटर र किराना समान तस्करीे गरी अवैध रूपमा नेपाल भित्रीने गरेको छ ।
यति मात्र होईन वीरगञ्ज भंसार कार्यालय (आइसीपी) परिसरलाई प्रयोग गरेर तस्करहरूले जस्तोसुकै माल सामान भएपनि मूख्य भन्सारबाट ट्रकको ट्रक नेपाल भित्रिने गरेको माघ ४ गते बारा प्रहरीले नियन्त्रणमा लिएको १३ वटा ट्रकले प्रमाणीत हुन्छ । बारा प्रहरीले भारतबाट ल्याइएको मल खाद राजश्व छली गरेर नेपालको विभिन्न स्थानमा ढुवानी गरिरहेको आशङ्कामा १३ वटा ट्रकलाई माघ ४ गते नियन्त्रणमा लिएको थियो । बारा प्रहरीका प्रमुख एवम प्रहरी उपरीक्षक (एसपी) सुरेश प्रसाद काफ्लेका अनुसार राजश्व छली गरेर बीरगन्ज देखी बिराटनगर, राजबिराज, बिर्तामोड तर्फ जादैं गरेको विशेष सूचनाको आधारमा १३ वटा ट्रक करीब ८७ लाख बराबरको मल खाद सहित नियन्त्रणमा लिएको थियो । यसैगरी बारा प्रहरीले बिल भरपाई नभएको माघ २ गते फर्नीचर र कपडा गरेर करीब ६ लाख बराबरको समान नियन्त्रणमा लिएको थियो । यसरी भन्सार लगायत बिभिन्न सीमानाकाबाट तस्करी फस्टाएकोले पर्साका शस्त्र र जनपदका द्धय एसपीको तस्करहरुसंग सेटीङ्ग हो कि प्रश्न खडा भएको छ ।
पर्साको सदरमुकामको कुरा गर्दा तिलावे पुल देखी लिएर बहुअरी चौक, पावर हाउस, गण्डक लगायतका ठाउँहरुमा नेपाल प्रहरी डियुटीमा खटेका हुन्छन । जिल्लामा बिशेष अपराध अनुसन्धान तथा अबैध कारोबार नियन्त्रण गर्न टाईगर टोली, घुमुवा, क्राईमका घुमुवाहरु समेत छुटै खटाईएको छ ,तर यती प्रहरी हुदाँ पनि ट्रकको ट्रक तस्करी हुनु र छिमेकी जिल्लाका प्रहरीहरुले ट्रक नियन्त्रणमा लिनु पर्सा प्रहरीको लागी लाजमर्दो रहेको छ । बीरगन्जका मुख्य नाका तथा ग्रामीण भेगका नाकाबाट आम सर्वसधारणले घरायसी परियोजनको लागी ल्याउने थोरै समानलाई रोकेर नेपाल प्रहरी र शस्त्र प्रहरीले बिभिन्न किसिमको केरकार गर्ने गरेका हुन्छन, लाग्छ कुनै ठुलो अपराधी भेटियो । तर यसरी खुल्याम रुपमा तस्करी हुनु पर्साका शस्त्रका (एसपी) कार्माचार्य र पर्सा प्रहरीका प्रमुख एवम प्रहरी उपरीक्षक (एसपी) कोमल साहको मिलोमतो मै भईरहेको पुष्टी हुन्छ ।
देशको अर्थतन्त्र धरासाही छ, यस्ता गम्भीर समयमा देशको सुरक्षाको भागडोर बोकेका शस्त्र प्रहरी र नेपाल प्रहरी नै आफनो कर्तब्य जिम्मेवारी भुलेर यसरी गैरकानुनी कारोबारीहरुको साथ दिन्छन भने जनताले के अनुभुती गर्छन, देशको अवस्था के हुनेछन ।
यस बिषयमा शस्त्र प्रहरी बल नम्बर १३ गण पर्साका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) किशन कर्माचार्यसंग बुझन खोज्दा सीमा सुरक्षामा एकदमै कडाई गरीएको र तस्करी शुन्य रहेको प्रतिकृया दिए । यसैगरी पर्सा प्रहरीका प्रमुख एवम प्रहरी उपरीक्षक (एसपी) कोमल साहसंग बुझन खोज्दा तस्करी बन्द रहेको दावी उनले गरे । सभार सुर्यदैनिक अनलाईन खबर