पर्सामा नेकपा एमाले पार्टीको वृहत पार्टी प्रवेश कार्यक्रम समपन्न : मधेश र देशको विकास गर्ने एकमात्र एमाले पार्टी रहेको प्रधानमन्त्री ओलीको दावी
१४ पुष,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जीवनमा परिवर्तन ल्याउने एकमात्र नेकपा एमाले पार्टी भएको बताएका छन् ।
नेकपा ९एमाले० को पर्सा जिल्ला कमिटीले आईतबार सखुवा प्रसौनी गाउँपालिकामा आयोजना गरेको बृहत् पार्टी प्रवेश र जनसभा कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले अहिलेको सरकारले देशको विकास र जनताको जीवनमा सकारात्मक परिवर्तनका लागि कटिबद्ध रहेको बताएका हुन् ।
“हामी क्रान्तिकारी हौँ । क्रान्तिमा लाग्नु भनेको तोडफोड र जुलुस गर्नु होइन, अब जीवनमा परिवर्तन ल्याउने क्रान्ति गर्न आवश्यक छ । मधेसका मसिया भन्ने पार्टीका नेताहरुले विकास निर्माणमा नभई संविधानका धाराको राजनीतिमा जनतालाई अलमल्याउने काम गरे । हामी त्यस्तो गर्दैनौँ । मान्छेलाई अधिकारसहित सम्पन्न बनाउन उत्पादन र उद्यमशीलतालाई हामीले महत्त्व दिएका छौँ । यो सरकारले समृद्धि र सुशासनका लागि काम गर्नेमा ढुक्क हुनुहोस् ।”, प्रधानमन्त्री ओलीले भने, “अब तर्क गरिहनु आवश्यक छैन । व्यवहारबाट पुष्टि भइसकेको छ । देश बनाउने पार्टी एमाले नै हो र एमाले मात्रै हो । त्यसकारण म अरु पार्टीमा रहेका साथीहरूलाई पनि एमालेमा आउन आग्रह गर्दछु । मलाई विश्वास छ मधेस प्रदेशको आठै जिल्लामा प्रवेशको लहर फैलिनेछ ।”
प्रधानमन्त्री ओलीले हुलाकी राजमार्गमा १३ आधुनिक सहर निर्माण, सुनकोसी मरिन डाइभर्सन, उद्यमशीलता, कृषि उत्पादन र आय बढाउने जस्ता काममा विगतमा आफू सरकारमा हुँदा महत्त्व दिएको र अब पुनः ती कामले गति लिने बताए । उनले स्थानीयवासीको मागबमोजिम पर्साको पोखरियाको नगर अस्पताललाई स्तरोन्नति गरिएको र नापी तथा मालपोत कार्यालयको सेवा केन्द्र स्थापना गरिएको बताउँदै चाँडै इलाका प्रशासन कार्यालय स्थापना गरिने विश्वास दिलाए ।
साथै प्रधानमन्त्री आृेलीले वीरगंज चिनी कारखाना चलाउनका लागि गृह कार्यभईरहेको बताए । उनले सरकारले सकेसम्म पुराना उधोगहरु संचालन गर्न तयारी गरिरहेको बताए ।
प्रधानमन्त्री ओलीले बालबालिका र ज्येष्ठ नागरिकलाई सम्मान गर्न तथा महिला दिदीबहिनीहरूलाई सामाजिक र राजनीतिकरुपमा अगाडि बढाउन सहयोग गर्न आग्रह गर्दै महिला र युवालाई अत्यधिकरुपमा परिचालन नगरेसम्म जनतामा भिजेको बलियो पार्टी बनाउन नसकिने भएकाले त्यस अनुसार काम गर्न स्थानीय पार्टी नेतृत्वलाई सुझाव दिए ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले सखुवा प्रसौनी गाँउपालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवाल लगायतलाई अबीर टीका लगाएर एमाले पार्टीमा प्रवेश गराए । जयसवालको नेतृत्वमा ५ हजार बढी व्याक्ति एमालेमा प्रवेश गरेको कार्यक्रममा एमाले पर्साका सचिव महेश दासले घोषणा गरे ।
एमाले पर्साका अध्यक्ष डा। विश्वम्बर शर्माको अध्यक्षतामा भएको कार्यक्रमलाई संघीय समामिला तथा स्थानीय प्रशासनमन्त्री राजकुमार गुप्ता,पूर्वमन्त्री ज्वाला साह,पूर्वमन्त्री तथा एमालेका मधेस प्रदेश इन्जर्चा लीलानाथ श्रेष्ठ, एमाले पर्साका ईन्चार्ज तथा प्रतिनिधी सभा सदस्य प्रभु हजरा लगायतका नेतालेपनि सम्बोधन गरेका थिए ।