पर्सामा बलात्कारको छुट्टाछुट्टै अभियोगमा दुई जना पक्राउ
वीरगञ्ज , पर्सामा बलात्कारको छुट्टाछुट्टै अभियोगमा दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साले जगरनाथपुर गाउँपालिका–६ सङ्ठीका २३ वर्षीय विशाल यादव र भारतीय नागरिक मनिष पासवानलाई पक्राउ गरेको हो ।
पर्सा प्रहरीका सूचना अधिकारी किशोर लम्सालका अनुसार, विशाल यादवलाई एक किशोरी बलात्कारको अभियोगमा पक्राउ गरिएको हो । यसैगरी, भारतीय नागरिक मनिष पासवानलाई पनि सोमबार यस्तै प्रकृतिको अभियोगमा नियन्त्रणमा लिइएको छ। अभियुक्त पासवानमाथि एक किशोरीलाई प्रलोभनमा पारी भारतमा लगी पटकपटक करणी गरेको आरोप लागेको छ ।
पीडित पक्षबाट प्राप्त जाहेरीका आधारमा यादव र पासवान दुवैलाई करणीसम्बन्धी कसुरमा जिल्ला अदालतबाट थुनामा राख्ने अनुमति लिई विस्तृत अनुसन्धान भइरहेको सूचना अधिकारी लम्सालले जानकारी दिए।