पर्सामा हावाहुरीबाट पिडितहरुलाई तत्काल राहत र क्षतिपूर्ति वितरण गर्न प्रदेश सांसद पटेलको माग

309

जेठ २७, वीरगञ्ज । वीरगञ्ज पर्सामा आएको हावाहुरीबाट प्रभावित भएका जनतालाई मधेश सरकारले चाडो भन्दा चाडो राहतको व्यवस्था गर्न नेपाली कांग्रेस पर्साका नेता तथा मधेश प्रदेश सभासदस्य श्याम पटेलले मधेस प्रदेश सरकारसंग माग गरेका छन् ।

आइतबार मधेश प्रदेश सभाको तेश्रो अधिवेशनको चौथो बैठकमा बोल्दै पटेलले जेठ २४ गते आएको होवाहुरीकबाट पर्सा जिल्लामापनि व्यापक क्षति पुगेको र त्यमा मधेश सरकारको ध्यान नगएको कारण पिडित परिवारको अवस्था जसको तस रहेको बताएका हुन ।

हावाहुरीले वीरगञ्ज महानगरपालिकाको वडाहरु मात्र नभई बहुद्रामाई नगरपालिका र पर्सागढीनगरपालिका  लगायताका जिल्लाका अन्य पालिकाहरुमा पनि व्यापक क्षती भएको बताए।

पिडित परिवारहरुलाई प्रदेश सरकारका तर्फबाट आवश्यक राहत तथा क्षतीपूर्तीको व्यवस्था गर्नुपर्ने पटेलले माग गरे ।

Leave A Reply

Your email address will not be published.