पर्सामा २५ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा नि:शुल्क आँखा शिविर सम्पन्न

10

वीरगञ्ज, पर्सा आनन्द पटेल।

पर्साको छिपहरमाई गाउँपालिका-२ भेडीहर्वा स्थित श्री रामाज्ञा साह प्राथमिक विद्यालयको प्राङ्गणमा २५ औँ सशस्त्र प्रहरी दिवस २०८२ को अवसरमा सीमा बासीहरूसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत नि:शुल्क आँखा शिविर संचालन गरिएको छ।

शिविर सशस्त्र प्रहरी बल नेपाल, नं.१३ गण हेडक्वार्टर पर्साको आयोजनामा भएको थियो। शिविरमा गणपति सशस्त्र प्रहरी उरीक्षक पुरन चन्द्र भट्टको प्रमुख आतिथ्यतामा, सीमा सुरक्षा गुल्म हेडक्वार्टरका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक लोकनाथ उप्रेती, छिपहरमाई गाउँपालिका वडा नं. १ का अध्यक्ष कामेश्वर प्रसाद यादव, वडा नं. २ का अध्यक्ष महेन्द्र साह कलवार लगायतको उपस्थिति रहेको थियो।

यो शिविर तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँ, बीरगञ्ज सामुदायिक आँखा अस्पताल र लक्ष्मी सनराइज बैंक, बीरगञ्जसँगको सहकार्यमा सञ्चालन गरिएको थियो। उक्त शिविरबाट १७२ जना स्थानियहरू (महिला-९१, पुरुष-८१) भएको सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए ।

 

Leave A Reply

Your email address will not be published.