पर्सा क्षेत्र नं. २ मा उम्मेदवार सन्तोष पटेलको ‘हर–हर कमल, घर–घर कमल’ अभियान जारी

58

माघ १३, आनन्द पटेल

पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. २ अन्तर्गत आज वीरगञ्ज महानगरपालिका वडा नं. १७ को अलौ र सिरिसिया चौक क्षेत्रमा नेपाल जनता पार्टीको घरदैलो कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका क्रममा पार्टीका कार्यकर्ता तथा समर्थकहरूले घर–घर पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीको नीति, कार्यक्रम र एजेन्डाबारे जानकारी गराएका थिए। उम्मेदवार सन्तोष पटेलले  घट्दैलो अभियानमा “हर–हर कमल, घर–घर कमल”, “अबकी बार हिन्दू सरकार”, “सुशासन, विकास र सुरक्षाका लागि कमल छाप” जस्ता नाराहरू लगाइएको थियो।

नेपाल जनता पार्टीका प्रतिनिधिसभा उम्मेदवारले नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने एजेन्डा अघि सार्दै लामो समयदेखि यस विषयमा आवाज उठाउँदै आएको बताएका छन्। उनले सुशासन, विकास र सुरक्षालाई प्राथमिकतामा राखेर जनताको विश्वास जित्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

घरदैलो कार्यक्रममा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। अभियानका क्रममा पार्टीले धार्मिक, सांस्कृतिक पहिचानको संरक्षण, स्थिर सरकार तथा जनमुखी विकासका विषयलाई मुख्य मुद्दाका रूपमा प्रस्तुत गरेको जनाएको छ।

Leave A Reply

Your email address will not be published.