पर्सा क्षेत्र नं २ मा सन्तोष पटेलको सक्रिय घरदैलो, स्थानीयसँग प्रत्यक्ष संवाद

109

वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर–२ मा नेपाल जनता पार्टीले आज घरदैलो कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम अन्तर्गत ड्राइपोर्ट चौक, खलवा टोला र भन्सार सिरिशिया क्षेत्रमा पार्टीका कार्यकर्ता तथा समर्थकहरू घर–घर पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरेका थिए।

घरदैलो अभियानका क्रममा “हर हर कमल, घर घर कमल” भन्ने नारासहित नेपाल जनता पार्टीका क्षेत्र नं २ का उम्मेद्वार सन्तोष पटेलले स्थानीयवासीसँग संवाद गर्दै आफ्ना एजेन्डा प्रस्तुत गरेका थिए। उनले विकास, रोजगारी, सुशासन र जनताका दैनिक समस्यालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। भेटघाटका क्रममा मतदाताले शिक्षा, स्वास्थ्य, सडक र रोजगारीका विषयमा चासो व्यक्त गरेका थिए भने उम्मेद्वार पटेलले जनताको सुझावलाई आफ्नो चुनावी घोषणापत्रमा समेटिने बताए।

नेपाल जनता पार्टीले पर्सा–२ मा जनसमर्थन दिनप्रतिदिन बढ्दै गएको दाबी गर्दै आगामी दिनहरूमा घरदैलो अभियानलाई अझ सशक्त बनाउँदै लैजाने जनाएको छ।

Leave A Reply

Your email address will not be published.