पर्सा जिल्ला पुर्ण खोप घोषणा

400

जेठ ३, वीरगञ्ज । पर्सा जिल्ला बिहीबार पूर्ण खोप घोषणा भएको छ । स्वास्थ्य कार्यालय पर्सा मधेस प्रदेशको आयोजनामा आज पर्सा जिल्ला पुर्ण खोप घोषण गरिएको हो ।

वीरगञ्जको कलासीक बंङक हलमा आयोजित कार्यक्रममा स्वास्थ्य कार्यालय पर्साका प्रमुख एवम् डाक्टर मुक्ति नारायण साहले पर्सा जिल्लालाई पुर्ण खोप घोषण गर्न सफलता पाएकोमा सम्पूर्ण जनप्रतिनिधि, स्वयंसेवीका तथा स्वास्थ्यकर्मीहरुलाई धन्यवाद दिनु भएको छ। पर्सा जिल्लामा चारवटा पालिका मध्ये पटेरवा सुगौली गाउँपालिका, कालिकामाइ गाउँपालिका ,बिन्दबासिनी गाउँपालिका र धोविनी गाउँपालिकालाई पनि पुर्ण खोप घोषण गर्न बाकी रहेकोमा अथक प्रयासले सफलता पाएको बताए ।

उनले भने पुर्ण खोप भन्नाले १५ महिना उमेर भित्र पाउनुपर्ने सबै खोपहरु सबै बालबालिकाहरुले पुर्ण रुपमा लिएको वा अन्य खोपहरु समेत लिएको हुनुपर्ने तब मात्र पुर्ण खोप घोषण गर्न मिल्ने बताएका छन् । जिल्ला खोप समन्वय समितिका अध्यक्ष निरन्जन प्रसाद साह सोनारको अध्यक्षता तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मधेस प्रदेशका सचिव प्रमोद कुमार यादवले प्रमुख आतिथ्यमा सो पुर्ण खोप घोषण कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुख अथिति यादवले शुभकामना दिँदै भने पर्सा जिल्लाले पनि एउटा नमुनाको रुपमा काम गर्न सफल भएकोमा धन्यवाद दिनु हुदै बालबालिकाहरुले पाउनुपर्ने खोप कहिले पनि बन्चित नहोस् भनेर बताएका छन् । खोपबाट बन्चित भएका बालबालिकाहरुको यकिन पहिचान गरि घर घरमा पुगेर तथ्यांक संकलन गर्न समेत सुझाव उनले दिएका छन ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपसभापति पुरन प्रसाद कुर्मी ,पोखरीया नगरपालिकाका नगर प्रमुख प्रदुमन सेढाई ,पर्सागढीनगरपालिका प्रमुख गोकर्ण पाठक,प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल ,स्वास्थ्य निर्देशनालय मधेस प्रदेशका इन्द्रजीत झा,जनस्वास्थ्य अधिकृत परिवार कल्याण महाशाखाका संजय महासेठ ,सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम लगायतले आ,आफ्नो धारणा एवम् शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा स्वागत मनतब्य स्वास्थ्य कार्यालय पर्साका प्रमुख डाक्टर मुक्ति नारायण साहले गर्नु भएको सो कार्यक्रममा खोप अधिकृत जैमोढ ठाकुरले उदेश्य माथि प्रकाश पार्नु भएको थियो ।सहजिकरण पत्रकार निलिमा पौडेलले गरेकी थिइन् ।

Leave A Reply

Your email address will not be published.