पर्सा सहित देशभर आज र भोलि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

97

२ कात्तिक,वीरगञ्ज । पर्सा सहित देशभर आज र भोलि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ ।

बालबालिकाहरुलाई स्वास्थ्यमा सुधार होस् भन्ने उदेश्यले नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालयले शुक्रबार र शनिबार भिटामिन९ ए० र जुकाको औषधी खुवाउने काम देशभर संचालन गरेको छ।

भिटामिन ए क्यापसुल र जुकाको औषधी खुवाउने कार्यक्रम रहेकोले आफ्नो नजिकैको स्वास्थ्य चौकी वा सेवा केन्द्रमा गएर आफ्नो बालबालिकाहरुलाई खुवाउन अपिल गरेको हो ।

पर्सा जिल्लामा शुक्रबार र शनिबार अर्थात २ र ३ गते बालबालिकाहरुलाई भिटामिन ९ए० क्यापसुल र जुकाको औषधी खुवाउने कार्यक्रम रहेको छ।

पर्सा जिल्लामा ९८ हजार ८९८ जना बालबालिकाहरुलाई भिटामिन ए क्यापसुल र जुकाको औषधी खुवाउने लक्ष्य रहेको खोप अधिकृत अनिल मिश्रले बताएका छन् ।

बीरगंज महानगरपालिका ,नगरपालिका ,गाउँपालिका,र हरेक वडाका स्वास्थ्य चौकी संगसंस्थाहरुमा खोप केन्द्र स्थापना गरिएको छ।

पर्सा जिल्लामा ३८२ वटा खोप केन्द्र संचालन रहेको अधिकृत मिश्रले बताएका हुन । उनले बताए अनुसार सरकारले बालबालिकामा पोषण सम्बन्धि समस्यालाई न्युनिकरण गर्ने उदेश्यले भिटामिन ए क्यापसुल र जुकाको औषधी खुवाउने काम गदै आइरहेको बताएका छन् ।

आफ्नो बालबालिकाहरुलाई नजिकैको स्वास्थ्य चौकी वा स्वास्थ्य केन्द्रमा गएर उमेर पुगेका बालबालिकाहरुलाई भिटामिन ए क्यापसुल र जुकाको औषधी खुवाउने आग्रह गरेको छ।

Leave A Reply

Your email address will not be published.