पर्सा–२ मा सन्तोष पटेलको शक्ति प्रदर्शन, जीततर्फ बढ्दै अभियान

75

पर्सा ।

पर्सा जिल्ला क्षेत्र नं. २ अन्तर्गत बहुदरमाई नगरपालिका वडा नं. ४ डोकैला र बहुवरिमा आज नेपाल जनता पार्टीका उम्मेदवार सन्तोष पटेलको घरदैलो कार्यक्रम सम्पन्न भएको छ।

घरदैलो अभियानका क्रममा “एक भोट राष्ट्रका लागि”, “हर हर कमल, घर घर कमल” जस्ता नारासहित राष्ट्रिय एकता, आर्थिक विकास र सुशासनको सन्देश प्रवाह गरिएको थियो। कार्यक्रममा युवा, महिला तथा विद्यार्थीहरूलाई उच्च सम्मान, किसानलाई प्राथमिकता, खेलकुद क्षेत्रको प्रवर्द्धन, मेडिकल कलेज स्थापना, क्रिकेट स्टेडियम निर्माण, रामायण सर्किट विकासलगायतका एजेन्डा अघि सारिएका थिए।

उम्मेदवार पटेलले भ्रष्टाचारमुक्त समाज, शिक्षा–स्वास्थ्यमा सुधार, रोजगारी सिर्जना तथा क्षेत्रको समृद्धिका लागि आफू प्रतिबद्ध रहेको बताएका छन्। घरदैलोका क्रममा स्थानीयवासीले उल्लेख्य समर्थन र साथ दिएको जनाइएको छ।

कार्यक्रममा सहभागी मतदाताहरूले परिवर्तन, स्वाभिमानको रक्षा र विकासका लागि कमल छापमा मतदान गर्न आह्वान गरेका छन्। स्थानीय तहमा देखिएको उत्साहले उम्मेदवार पटेल जिततर्फ अग्रसर रहेको कार्यकर्ताहरूले दाबी गरेका छन्।

Leave A Reply

Your email address will not be published.