पर्सा–३ मा रूपेश पाण्डे: एमाले विजयी, पाँच हजार मतान्तरको दाबी

76

जनकपुर। नेकपा एमाले पर्सा जिल्लाका चारैवटा निर्वाचन क्षेत्रमा विजयी हुने दाबी गरेको छ। पर्सा–३ का युवा उम्मेदवार रूपेश कुमार पाण्डेले पर्साका सबै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार कम्तीमा पाँच हजार मतान्तरले विजयी हुने दाबी गरेका छन्।

नेकपा एमाले मधेस प्रदेश कमिटीको आयोजनामा आयोजित शुभकामना तथा परिचयात्मक कार्यक्रममा पाण्डेले संगठन सुदृढ, कार्यकर्ता एकताबद्ध र जनतामा भरोसा बढ्दै गएको कारण निर्वाचन परिणाम आफ्नो पक्षमा आउने विश्वास व्यक्त गरे।

पाण्डेले पर्सा–३ लाई विकास र समृद्धिको नमुना क्षेत्र बनाउने प्रतिबद्धता दोहोर्‍याउँदै शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर योजनाबद्ध काम गर्ने बताए।

उनले विगतका अधुरा विकास, बेरोजगारी र अस्थिर राजनीतिक अवस्थाबाट जनता आजित भएको उल्लेख गर्दै यसपटक स्थायित्व, सुशासन र विकासको पक्षमा निर्णायक मत आउने दाबी गरे। युवा, महिला र अभिभावक वर्गबाट बढ्दो समर्थनले एमालेको स्थिति बलियो बन्दै गएको देखिएको छ।

Leave A Reply

Your email address will not be published.