पशुपतिनाथको मिर्गा बनमा लियो क्लब ३२५के जिल्ला परिषद द्धारा बृक्षारोपण कार्यक्रम सम्पन्न

230

सावन ०६ । लियो क्लब ३२५के जिल्ला परिषदको आयोजनामा आज मेगा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । 

मंगलवार क्लबले पशुपतिनाथ परिषदको मिर्गा बनमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।

हरियाली हाम्रो संसार, एक पटकमा एक रुख मुख्य नाराका साथ बृक्षारोपण कार्यक्रम सम्पन्न भएको मनालसौ नागार्जुन लियो क्लबका अध्यक्ष लियो सतीश हजाराले जानकारी दिए ।

वातावरण सफा र स्वच्छ बनाउन बृक्षारोपण नै सबैभन्दा महत्वपुर्ण कार्य भएकोले आउदों समयमा पनि बृक्षारोपण कार्यक्रममा यस क्लबले निरन्त्रता दिने अध्यक्ष हजराले जानकारी दिएका छन । उनले वातावरणीय सन्तुलन तथा मानव स्वास्थ्यको लागि अति आवस्यक अक्सीजन प्रदान गर्ने माध्यम बोट बिरुवा रहेको हुनाले यस्ता कार्यक्रममा लाग्न सम्पुर्णमा आग्रह समेत गरेका हुन ।

 

समाजिक कार्यमा आफुलाई समर्पित गरेका विभिन्न क्षेत्रका ६० जनाको सहभागिता सम्पन्न बृक्षारोपण कार्यक्रममा हरेक प्रजातिका सयौंको संख्यामा बिरुवाहरु रोपिएको कार्यक्रमका सह.संयोजक आहाना कान्थले जानकारी दिईन्न । उनले सो अवसरमा विश्वलाई प्रभावित पारेको ग्लोबल वार्मिङ्गबाट आत्मरक्षाका लागि यस कार्यक्रमले निकै महत्वपूर्ण भुमिका खेल्ने समेत बताएकी हुन ।

कार्यक्रममा लियो क्लब अञ्चल नम्बर ४ अन्तर्गत ३२५के, स्वयम्भू टाउन ओमेगा के।के, स्वयम्भु टाउन अल्फा लियो क्लब र लियो क्लब अफ काठमाडौं येपेक्स ३२५के, लियो क्लब अफ मनास्लु, लियो क्लब अफ पिस खानीखोला, लगायत विभिन्न १२ देशका लियो क्लबहरुको सहभागीता रहेको अध्यक्ष हजराले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.