पार्टीका लागि पद महत्वपूर्ण नभएपनि सत्तासमिकरणमा सम्मानजनक व्यवहार हुनुपर्छ : अध्यक्ष नेपाल

361

काठमाण्डौ १७ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका लागि पद महत्वपूर्ण नभएपनि सत्तासमिकरणमा सम्मानजनक व्यवहार हुनुपर्ने बताउनुभएको छ ।

अखिल नेपाल महिला संघ (समाजवादी), काठमाडौँ जिल्ला कमिटीले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले प्रत्येक पार्टीको आ–आफ्नो मर्यादा,सम्मान,स्वाभिमान र चाहना हुने भएकाले सवैलाई राम्रोसंग सन्तुलन गर्दै अघि बढ्नुपर्ने बताए ।

उहाले आफुहरुले अहिले उचित व्यवस्थापन र सम्मान मात्रै खोजेको धारणा राख्नुभयो । समाजवादी पार्टीको नेतृत्वमा सरकार बन्छ की भनेर कतिपयलाई पोल्ने गरेको उहाको भनाई छ ।

त्यस्तै उहाले चार दल सम्मीलित समाजवादी मोर्चा बनेको र जिल्ला तहको कार्यक्रम गर्ने तयारी भएको जानकारी दिदै मोर्चामा आउन चाहनेलाई स्वागत गर्ने र आउन नचाहनेलाई पनि गाली नगर्ने धारणा राख्नुभयो । उहाले मुलुकको राजनीतिलाई सहि दिशामा लैजान गम्भीरतापूर्वक आवश्यक भूमिका निर्वाह गर्ने जिकिर गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.