पुराना पार्टी छोडेर नयाँमा प्रवेश गर्ने युवाको लर्को, दुई दर्जन कांग्रेस कार्यकर्ता रास्वपामा

147

पर्सागढी, ४ फागुन – फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा पुराना पार्टी छोडी नयाँ पार्टीमा प्रवेश गर्नेहरुको क्रम बढेको छ।

पर्सागढी नगरपालिकामा करिब दुई दर्जन युवाहरू नेपाली कांग्रेस छोडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

रास्वपाका नेता चन्द्रभुषण सिंह ले मनवा बजारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा युवाहरूलाई स्वागत गरे। कार्यक्रममा रास्वपा पर्सागढी नगरपालिका सभापति कवि अर्याल, युवा समाजसेवी रविशंकर दास चौधरी, वडा नं–९ का नेपाली कांग्रेस वडाध्यक्ष प्रत्यासी निरज चौधरी, भु. पु. प्रहरी रामाधारी यादव, समाजसेवी मीन बहादुर भण्डारी लगायतका नयाँ प्रवेशी सहभागी थिए।

नेता सिंहले नवप्रवेशीहरूलाई सम्बोधन गर्दै फागुन २१ गतेको निर्वाचनपछि बालेनको नेतृत्वमा सरकार बन्ने र सुशासन स्थापित हुने विश्वास व्यक्त गरे।

Leave A Reply

Your email address will not be published.