प्याब्सन टी–१० मा लिटल फ्लावर, अल्पाइन र ब्लु हेभेनको जित

19

वीरगञ्ज। निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जको आयोजनामा सञ्चालन भइरहेको दोस्रो संस्करणको प्याब्सन टी–१० गर्ल्स एण्ड जुनियर बोयज क्रिकेट प्रतियोगिता अन्तर्गत ११ पुसमा पाँच वटा प्रतिस्पर्धात्मक खेलहरू सम्पन्न भएका छन्।

आदर्शनगरस्थित क्रिकेट मैदानमा सम्पन्न खेलहरूमा छात्रा तथा जुनियर छात्र दुवै समूहका टोलीहरूले उच्चस्तरीय खेल कौशल प्रदर्शन गर्दै दर्शकको ध्यान आकर्षित गरेका थिए।

दिनको पहिलो खेल (बोयज) मा लिटल फ्लावर स्कूल ले फुर्कान स्कूल लाई ५ विकेटले पराजित गर्‍यो। उत्कृष्ट प्रदर्शन गरेका अमन यादव म्यान अफ द म्याच घोषित भए।

दोस्रो खेल (गर्ल्स) मा अल्पाइन सेकेन्डरी स्कूल ले ज्ञान वाटिका सेकेन्डरी स्कूल लाई ८ विकेटले पराजित गर्दै सहज जित दर्ता गर्‍यो। यस खेलकी रिया यादव म्यान अफ द म्याच बनिन्।

तेस्रो खेल (बोयज) मा साउथ जोन सेकेन्डरी स्कूल ले जीवन ज्योति सेकेन्डरी स्कूल लाई ७ विकेटले हरायो। उत्कृष्ट खेल प्रस्तुत गरेका नितेश पटेल म्यान अफ द म्याच घोषित भए।

यस्तै चौथो खेल (गर्ल्स) मा माउन्ट मकालु सेकेन्डरी स्कूल ले लिटल एन्जल सेकेन्डरी स्कूल लाई ३ विकेटले पराजित गर्‍यो। उक्त खेलकी म्यान अफ द म्याच अनु यादव भइन्।

दिनको अन्तिम खेल (बोयज) मा ब्लु हेभेन सेकेन्डरी स्कूल ले एसआर ग्यालेक्सी एकेडेमी लाई २५ रनले पराजित गर्‍यो। यस खेलमा उत्कृष्ट प्रदर्शन गरेका पृथ्वी पटेल म्यान अफ द म्याच घोषित भए।

आयोजकका अनुसार प्रतियोगिताले विद्यालयस्तरका बालक–बालिकामा खेलकुदप्रतिको रुचि बढाउनुका साथै उनीहरूको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ।

Leave A Reply

Your email address will not be published.