प्रकृति सेवा प्रतिष्ठान नेपालद्वारा लगातार तेस्रो दिन सरसफाइ सम्बन्धि घरदैलो एवं जनचेतना मुलक कार्यक्रम सम्पन्न
लालबाबु सिंह २० जेष्ठ वीरगन्ज । प्रकृति सेवा प्रतिष्ठान नेपालले श्री शारदा मा. वी. को सहकार्यमा वातावरण दिवस २०८२ को अवसरमा आयोजित ५ दिने कार्यक्रम अन्तर्गत मंगलबार तेस्रो दिन सरसफाइ सम्बन्धि घरदैलो एवं जनचेतनामुलक कार्यक्रमको आयोजना सम्पन्न गरेको छ ।
” आजको सरसफाइ एक जनचेतना कार्यक्रम” प्रकृति सेवा प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष सरदार जसपाल सिंहको नेतृत्वमा श्री शारदा विद्यालयका प्रधानाध्यापक अनिल वर्णवाल,प्रतिष्ठानका सदस्य लालबाबु सिंह , भोला प्रसाद , केदार गुप्ता ,शिक्षकहरु एवं कक्षा ९ र १० का विद्यार्थीहरुको बाक्लो सहभागितामा विद्यालय देखि सुगौली बिर्ता टोलको घर ,पसल लगायतका स्थानहरुमा सरसफाइ गर्दै सरसफाइ गरि प्रकृतीको सम्मान गर्न गरिएको प्रतिष्ठानका सहसचिव अबिनाश झाले बताउनु भयो ।
अध्यक्ष सिंहले विश्व वातावरण दिवस ( ५ जुन ) को अवसरमा प्रत्येक वर्ष झै यस वर्षको कार्यक्रम श्री शारदा मा. वि.को सहकार्यमा जेष्ठ १८, १९, २०, २१, २२ गते बिहान ६ बजे देखि विभिन्न स्थानहरुमा विभिन्न कार्यक्रम मार्फत प्रकृति प्रति हाम्रो जिम्मेवारी लाई व्यापक रुपमा सचेतना मुलक कार्यक्रमको आयोजना गरि जनजागृती फैलाउने र प्रकृति प्रती सम्मान गर्ने उद्देश्यले आज हामी विद्यालय देखि सुगौली को बाहिरी मुख्य सडक , चौक, घर,पसल एवं टोलको भित्री भागमा बाटो घर पसल छेउछाउमा सरसफाइ गर्दै त्यहाँका स्थानियहरु लाई सरसफाइ प्रति सजग रहन जानकारी गराएको बताए ।
सरसफाइको क्रममा विद्यार्थीहरुले कहि व्यंग्य त कहि मार्मिक रुपमा हासिखुशी सरसफाइको महत्व बारे सम्झाउँदै प्रकृति प्रति सम्मान गर्न आग्रह गरेको र स्थानिय अग्रज महिला युवाहरु निकै खुशिको साथ भावुक भएर सफाइमा आफुहरुको साथ सह्स्योग निरन्तर रहने वाचा पनि गरेको बताउदै सहभागी सम्पुर्ण विद्यार्थीहरु, प्रधानाध्यापक , शिक्षकहरु एवं प्रतिष्ठानका पदाधिकारी सदस्यजन प्रति आभार ब्यक्त गरेका थिए ।