१४ कार्तिक, पर्सा आनन्द पटेल
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश आर्याल र पर्साका पत्रकारहरुसंग परिच्यात्मक कार्यक्रम समपन्न भएको छ । रुपन्देही जील्लाबाट पर्सा जिल्ला सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी आर्यालले बुधबार जिल्ला प्रशासन कार्यालयको सभा हलमा पत्रकारहरुसंग भेटघाट तथा समसमायिक बिषयमा छलफल गरेका छन ।
भेटघाटमा पत्रकारहरुले जिल्ला प्रशासन कार्यालयले दिदै आएको सेवामा सुधार गर्नुपर्ने, खासगरी बिचौलियाहरुले आम नागरिकलाई विभिन्न काम गराईदिने बहानामा ठग्ने काम गरेको पार्ईएको हुनाले त्यस्ता बिचौलियाहरुलाई कारवाही गर्ने र जील्ला प्रशासन कार्यालयले दिने सेवाहरु सहज र सरल हुनुपर्ने, दुगर्म क्षेत्रबाट आउने सेवाग्राहीहरुका लागि प्रश्नहरु गरेका थिए । लगायत पर्साका सञ्चारकर्मीहरुको उपस्तिथी रहेको थियो ।
छुटै व्यवस्था गरेर सेवा दिने, खासगरी नागरिकता लिनेमा बढी समस्या हुने सेवाग्राहीको बढी गुनासो आएको हुनाले त्यस विषयमा पनि बढी ध्यान दिन सञ्चारकर्मीहरुले प्रजिअ अर्याललाई ध्यानाकर्षण गराएका थिए ।
पत्रकारहरुको प्रश्नमा प्रजिअ अर्यालले यहाँहरुले उठाउनु भएको विषयहरूमा बुझ्दै जाने र सुधार गर्ने बताए । खासगरी यस कार्यालयमा ३ वटा विषय नागरिक वडा पत्र, बिचौलिया र नागरिकताको विषयमा बढी सुधार गर्नुपर्ने आफूले देखेको र १ महिनाभित्रमा ती विषयहरूमा सुधार गरेर सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गरिने प्रतिबद्धता जनाए ।
सो अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहान, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बञ्जारा, नेपाल पत्रकार महासंघ पर्सा शाखाका उपाध्यक्ष युवराज खड्का लगायत पत्रक्रकारुको सहभागीता रहेको थियो ।