प्रधानमन्त्री ओलीको भ्रमण सफल पार्न पर्सामा तयारी तिव्र
पुस १४ गते पर्सामा हुने नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण सफल पार्न नेकपा एमाले मधेश प्रदेशका उपाध्यक्ष आज दोस्रो दिन पनि छलफल कार्यलाई निरन्तरता दिएका छन । संबिधान सभाका सदस्य समेत रहेका उपाध्यक्ष यादवले संखुवा प्रसौनी गाँउपालिकाको श्रीपुरपाँचगावामा बिहान ११ः३० बजे हुने वृहत पार्टी प्रवेश कार्यक्रमबारे छलफल कार्यलाई निरन्तरता दिएका हुन । यादवले नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा लगायत स्थानिय नेता कार्यकर्ता संग छलफल गरि कार्यक्रम भव्य रुपमा सफल बनाउन आग्रह गरे ।
“प्रधानमन्त्री ओलीको भ्रमण सफल पार्न पुरै पर्सा जिल्ला कमिटी होमिएको छ, यसका साथै प्रदेश कमिटी पनि आफनै ढगंले तयारीमा जुटेको छ, निरन्तर छलफल र बैठक बस्दै छ । कम्तिमा २० हजार मान्छे उर्ताने योजना छ, त्यसै अनुरुप काम गर्दैछौ ”यादवले भने ।
संखुवा प्रसौनी गाँउपालिकाका पुर्व अध्यक्ष प्रदिप जयसवालको नेतृत्वमा हुने वृहत पार्टी प्रवेशको लागि प्रधानमन्त्री केपी ओली पर्सा आउने लागेका छन । पर्सा क्षेत्र नम्बर ३ मा हुने प्रधानमन्त्रीको भ्रमणलाई एतिहासिक बनाउन धुमधामका साथ तयारी थालिएको मधेश प्रदेशका उपाध्यक्ष बिचारी यादवले बताए ।