प्रधानमन्त्री कपमा शेर मल्ल चम्किए, सुदूरपश्चिमको शानदार जीत
चैत्र १९ बीरगञ्ज आनन्द पटेल
। प्रधानमन्त्री कप २०२६ अन्तर्गत गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच भएको खेल अत्यन्त रोमाञ्चक रूपमा सम्पन्न भएको छ। टीबी शाह क्रिकेट मैदान मा सम्पन्न उक्त खेलमा सुदूरपश्चिम प्रदेशले उत्कृष्ट प्रदर्शन गर्दै २ विकेटले जित हात पारेको हो।
पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले निर्धारित ४९ ओभरमा १० विकेट गुमाउँदै १०० रन मात्र बनाउन सक्यो। गण्डकीका लागि अर्जुन कुनालले ४४ रन र विपिन खत्रीले ३० रन बनाए पनि अन्य ब्याट्सम्यानले खासै योगदान दिन सकेनन्। सुदूरपश्चिमका शेर मल्लले घातक बलिङ गर्दै १० ओभरमा ४२ रन खर्चेर ५ विकेट लिँदै गण्डकीलाई सानो स्कोरमै सीमित पारे।
जवाफमा सुदूरपश्चिम प्रदेशले ३९.२ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। अभिषेक पालले ६६ रन र नारायण जोशीले ४५ रनको महत्वपूर्ण योगदान दिएका थिए।
खेलको नतिजा निर्धारणमा निर्णायक भूमिका खेलेका शेर मल्ल ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले बलिङतर्फ उत्कृष्ट प्रदर्शन गर्नुका साथै टिमको जितमा महत्वपूर्ण भूमिका निर्वाह गरे।
खेलभरि मैदानमा दर्शकको उपस्थिति उल्लेखनीय देखिएको थियो। रोमाञ्चक मोडहरूका कारण दर्शकहरू निकै उत्साहित बनेका थिए र खेललाई खुलेर रमाइरहेका थिए। हरेक विकेट र चौकामा मैदान ताली र हुटिङले गुञ्जिएको थियो, जसले खेललाई अझ जीवन्त बनाएको देखिन्थ्यो।
सुदूरपश्चिम प्रदेशको यो जितले प्रतियोगितामा उनीहरूको मनोबल थप उकासिएको छ भने बीरगञ्जमा भएको यो खेलले दर्शकलाई पनि भरपूर मनोरञ्जन दिएको छ।