प्रधानमन्त्री कप क्रिकेट: आकिब अन्सारीको अर्धशतकमा पर्साको शानदार जित

12

माघ २३ वीरगञ्ज आनन्द पटेल ।

प्रधानमन्त्री कप (पुरुष) एकदिवसीय मधेश प्रदेश छनोट क्रिकेट प्रतियोगिता–२०८२ अन्तर्गत सम्पन्न खेलमा क्रिकेट एसोसिएसन अफ पर्साले प्रभावशाली प्रदर्शन गर्दै क्रिकेट एसोसिएसन अफ रौतहटलाई ७ विकेटले पराजित गरेको छ।

पहिले ब्याटिङ गरेको रौतहटले ३९ ओभरमा ८ विकेट गुमाउँदै १६१ रन बनाएको थियो। रौतहटका लागि राजेश यादवले ४९ बलमा ३८ रन र सन्नी शाहले ४८ बलमा ३३ रनको योगदान दिए। पर्साका बलरमध्ये सम्सद मन्सुरीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए भने रञ्जित कुमारले २ विकेट हात पारे।

१६२ रनको लक्ष्य पछ्याएको पर्साले २९.३ ओभरमै ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। पर्साका लागि आकिब अन्सारीले अविजित ५३ रनको शानदार इनिङ खेले भने सुरज प्रसाद कुर्मीले ३१ रन बनाए। रौतहटका मोहन् घिमिरेले २ विकेट लिए पनि पर्साको जित रोक्न सकेनन्।

उत्कृष्ट ब्याटिङ प्रदर्शनका कारण आकिब अन्सारी ‘प्लेयर अफ द म्याच’ घोषित भए।

यस जितसँगै पर्साले प्रतियोगितामा आफ्नो दाबेदारी थप मजबुत बनाएको छ।

Leave A Reply

Your email address will not be published.