प्रधानमन्त्री कार्कीको टिप्पणी विरुद्ध पर्सामा मुस्लिम समाजको विरोध

65

मंसिर ११, वीरगंज

मुस्लिम समाज पर्सा बीरगंजले बिहीबार नेपाल पत्रकार महासंघको सभा हलमा पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्री सुशीला कार्कीले गत ९ गते मुस्लिम समुदाय माथि अभिब्यक्ति दिएकोमा मुस्लिम समाज पर्सा बीरगंजले आपत्ति जनाएको छ। संयोजक जफर अन्सारीले पत्रकार सम्मेलनमा बताए अनुसार मुस्लिम र आर्यन महिला बारे राखेको अभिब्यक्ति तथा मुस्लमानहरुको आक्रमण पछि आर्यन समाजमा सात वर्षकी बालिकाको बिवाहा प्रचलनमा आयो भन्ने जस्तो कपोकल्पित भ्रामक इतिहासविहिन र आधारहीन एउटा प्रधानमन्त्रीले दिनु जुन कि नेपाल सर्वोच्च अदालतमा प्रधानन्यायाधीश भएर काम गरेको ब्यक्तिले यस्तो कुरा गर्नु दुःखदायी रहेको बताए । उनले भने नेपालका मुस्लिम समुदाय शताब्दी देखि सहिष्णु शान्तिप्रिय र बहुसंस्कृतिक सामाजिक मुल्य र महिला मर्यादा माथि गरिएको यस्ता कुराले गहिरो चोट पुराउने काम गरेकोमा तुरुन्त कानुनी दायरामा ल्याउनुपर्ने सो पत्रकार सम्मेलनमा संयोजक अन्सारीले बताएका हुन ।

उनले भने नेपालको सविधान २०७२ को धारा १७ ९२०९१०तथा धारा २६ बमोजिम प्रत्येक ब्यक्तिलाई आफ्नो धर्म मान्ने र संरक्षण गर्ने मौलिक हक प्राप्त गर्ने उल्लेख गरिएको भए पनि प्रधानमन्त्री कार्कीले संवैधानिक सीमाहरू उल्लङघन गरिएको बताए ।प्रधानमन्त्रीले तुरुन्त राजिनामा दिएर तत्काल सार्वजनिक रुपमा क्षमा माग्नुपर्ने माग समेत गरिएको संयोजक अन्सारीले पत्रकार सम्मेलनमा बताएका छन् ।आफ्नो माग पुरा नभए आन्दोलन गर्ने चेतावनी पत्रकार सम्मेलनमार्फत गरिएको छ।पत्रकार सम्मेलनमा शेष मुन्ना ,जहागीर अन्सारी असअहम्द लगायतको उपस्थित रहेको थियो ।

Leave A Reply

Your email address will not be published.