प्रधानमन्त्री प्रचण्डलाई चौथोपटक विश्वासको मत

345

जेठ ७, वीरगञ्ज । बिपक्षी दलको नारावाजीकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।

सोमबार प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगाएत बिपक्षी सांसदको विरोध र नाराबाजीबीच प्रधानमन्त्री प्रचण्डले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएको थियो ।

सभामुख देवराज घिमिरेले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा प्रधानमन्त्री प्रचण्डको पक्षमा एक सय ५७ मत, विपक्षमा शून्य र मत दिन्न भन्ने प्रस्तावमा एक मत खसेको थियो । विश्वासको मत प्रक्रियामा एक सय ५८ सांसद सहभागी हुनुभएको सभामुख घिमिरेले जानकारी गराउनुभयो ।

सभामुखले प्रधानमन्त्रीलाई प्राप्त मत संसदको बहुमत भएकाले विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्नुभयो । प्रतिनिधिसभाको वर्तमान कार्यकालमा प्रधानमन्त्री प्रचण्डले चौथौपटक विश्वासको मत प्राप्त गर्नुभएको हो ।

सहकारीको रकम अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठनको माग गरेर बिपक्षी दलले संसद् बैठकमा नारावाजी गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.