वीरगंज, २१ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रममा बिषयमा एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेर बहादुर देउवासंग छलफल गर्नुभएको छ ।
सोमबार बालुवाटारमा राष्ट्रिय मुद्दाहरुमा समान धारणा बनाएर अघि बढ्ने बिषयमा छलफल भएको प्रधानमन्त्रीको निजि सचिवालयले जनाएको छ ।
त्यस्तै संसदलाई प्रभावकारी बनाउदै लैजाने, सहकारी प्रकरणमा गठन भएको संसदीय छानविन समिति लगाएतका बिषयमा पनि छलफल भएको बुझिएको छ । त्यसअघि प्रधानमन्त्री प्रचण्डले सोमबार नै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसंग पनि बिभिन्न बिषयमा छलफल गर्नुभएको थियो ।