प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण समारोह सम्पन्न
काठमाडौं- नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । आइतबार सिंहदरबार पुगेर प्रधानमन्त्री कार्कीले प्रधानमन्त्रीको पदभार ग्रहण गरेकी हुन् । उनी सिंहदरबार पुग्दा कर्मचारीहरुले स्वागत गरेका थिए ।
जेनजी आन्दोलनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै आन्दोलनको म्यान्डेटअनुसार कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । कार्कीले मुलुकको ४२ औं प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गरेकी हुन् ।
पदभार ग्रहणअघि प्रधानमन्त्री कार्की लैनचौर स्थित शहीद स्मारक पुगेर सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेकी थिइन् ।