प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको कमाण्डमा लागु औषध सहित एक व्यक्ति पक्राउ

10

बारा आनन्द पटेल । ईलाका प्रहरी कार्यालय प्रसौनी, बाराको टोलीले विशेष सूचनाको आधारमा गरिएको कारवाहीमा लागु औषध (खैरो हिरोइन जस्तो देखिने पदार्थ) सहित एक व्यक्ति पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले प्रसौनी गाउँपालिका–३, नौतन स्थित क्षेत्रमा बिरगंजबाट पैदल प्रसौनी तर्फ आउँदै गरेका एक व्यक्तिलाई शंका लागी जाँच गर्ने क्रममा नियन्त्रणमा लिएको हो।

शंका लागेपछि प्रहरीले जाँच गर्न खोज्दा उक्त व्यक्ति भाग्ने प्रयास गरेपछि लखेटी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्ति पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–३ सानो देउती बस्ने ४२ वर्षीय रामाशंकर दास, पिता रामचन्द्र दास रहेका छन्।

प्रहरीले उनलाई नियन्त्रणमा लिएर शरीर तथा लत्ताकपडा चेकजाँच गर्दा उनको पाइन्टको बाँया गोजीभित्र कागजमा बेरिएको १९.७८० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला परेको हो।

बरामद गरिएको पदार्थ सहित रामाशंकर दासलाई आवश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय प्रसौनीमा ल्याइ थप कारवाही अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ।

Leave A Reply

Your email address will not be published.