प्रेस सेन्टरद्वारा अनलाइन दर्ता–नवीकरण शुल्क विरुद्ध आपत्ति

44

काठमाडौं- अनलाइन सञ्चारमाध्यम दर्तामा शुल्क तोकिएको प्रति प्रेस सेन्टर नेपालले आपत्ति जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै प्रेस सेन्टरले सरकारको यो कदमको विरोध गरेको हो ।

‘नेपाल सरकारले छापाखाना र प्रकाशन सम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०८२ जारी गरी अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरण सम्बन्धी गरेको कतिपय प्रावधानप्रति प्रेस सेन्टर नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । निःशुल्क रूपमा हुँदै आएको अनलाइन सञ्चारमाध्यम दर्ताका लागि राखिएको पाँच हजार र नवीकरणका लागि राखिएको दुई हजार पाँच सय रुपैयाँ शुल्कको प्रेस सेन्टर नेपाल विरोध गर्दछ । अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण यस अघि झैँ निःशुल्क हुनुपर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

प्रदेश कानुनबमोजिम प्रदेशमै हुने दर्ता तथा नवीकरणलाई निरन्तरता दिँदै, सङ्घीयताको मर्म अनुसार स्थानीय तहमै अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरण गर्ने व्यवस्था हुनुपर्नेमा पनि प्रेस सेन्टरले जोड दिएको छ।

अनलाइन सञ्चारमाध्यम सञ्चालनका लागि स्थापना गरिएका कम्पनी, संस्था, फर्मले सरकारकै विभिन्न निकायमा राजश्व तिर्दै नवीकरण गर्नुपर्ने, अनलाइन दर्ता तथा नवीकरणका लागि सूचना विभाग पुग्नुपर्ने, अनुगमनका लागि समेत सूचीकृत हुनुपर्ने लामो, झन्झटिलो तथा खर्चिलो प्रक्रियालाई सरल र सहज बनाइनुपर्ने प्रेस सेन्टरको माग रहेको छ

Leave A Reply

Your email address will not be published.