बडादशैंको खुशी बाँड्दै सशस्त्र प्रहरी, ९० बालबालिकाले पाए न्यानो कपडा

93

वीरगन्ज । बडादशैँको शुभ अवसर पारेर सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वाटर पर्साले सामाजिक कार्य गरेको छ।

‘सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत पर्साको पकाहाँमैनापुर गाउँपालिका–४, खेस्रहाका विपन्न, मुसहर र डोम समुदायका बालबालिकाहरूलाई आज न्यानो कपडा वितरण गरिएको हो।

सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्टको प्रमुख आतिथ्यमा ५ देखि १० वर्ष उमेर समूहका ९० जना बालबालिकाहरूलाई कपडा वितरण गरिएको हो । कार्यक्रम सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म लहावरथकरी पर्साको सहयोगमा श्री ने.रा.प्रा.वि. ब्रम्हस्थानको प्राङ्गणमा आयोजना भएको थियो।

कपडा वितरण समारोहमा वडा नम्बर ४ का वडा अध्यक्ष ढेडि प्रसाद यादव, सीमा सुरक्षा गुल्म लहावरथकरीका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक महेश खरेल, विभिन्न बीओपीका प्रमुखहरू, स्थानीय सञ्चारकर्मी, जनप्रतिनिधि तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.