रामप्रवेश साह कानु, वीरगन्ज
मधेशी आयोग एवंम प्लान ईन्टरनेशनल नेपालको आयोजनामा बिहिवार बाल विवाह तथा दाईजो अन्त्यको लागि धार्मिक गुरुहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम आयोगका अध्यक्ष डा. बिजय कुमार दत्तको अध्यक्षता एवंम मधेश प्रदेशका सभामुख राम चन्द्र मण्डलको प्रमुख अतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रमा आयोगका सदस्य जिवछ साह, मिथिला नगरपालिकाका उप प्रमुख सुनिता सिंह बुढाथोकी, जान्की मन्दिरका महन्थ महराज श्री रोशन दास, प्लान ईन्टरनेशनलका क्षेत्रिय प्रमुख रविशंकर मिश्रा लगायतले धारण राखेका थिए ।
बिहिवार बर्दिवास स्थित गुन्जा होटेलको सभाहलमा सम्पन्न अन्र्तक्रिया कार्यक्रममा बाल बिवाह गर्नु गलत रहेको भन्दै बाल बिवाहले गर्दा जिवन जोखिम पुर्ण हुने बाल बिवाहका सिकार भएकी ललिता कापर दुखेसो पोखिन्न ।
यसैगरी अर्का पिडित निशा दुनवारले बाल बिवाहका कारण बाल बालिकाहरुको भबिष्य अन्धकार हुने गरेको बताईन्न ।
कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख मण्डलले बाल बिवाह गर्नु गलत हो र यस्ता कार्य रोक्न आफु अग्रसर रहेको बताए ।
उनले भने स्थानीय सरकारलाई बाल अधिकारको प्रबर्द्धनका लागी नेपालको संबिधान २०७२ र स्थानीय सरकार संचालन एन वि.स. २०७४ मा विभिन्न जिम्मेवारीहरुको व्यवस्था गरिएको छ । नेपालको कानुन अनुसार बाल बिबाह एक कानुनी र सामाजिक अपराध हो, भनी मुलुकी ऐन वि.स. २०७४ को दफा ७० उपदफा (घ) मा २० बर्ष पुरा नभई विवाह गर्न नपाउने भनी उल्लेख गरेको जिकिर गरेका थिए । उनले खास गरेर तराई मधेशको समाजमा रुडीवाजी परम्पराका कारण यो समस्याको अन्तय नभएको भन्दै बिभिन्न धर्मका धर्म गुरुहरुलाई यस्ता परम्परालाई पहिला अन्यमा लाग्न आग्रह गरेका थिए ।
सो अवसरमा प्लान ईन्टरनेशनल नेपालकी प्रोजेक्ट म्यनेजर काजल झाले कार्यक्रम प्रस्तुत गरेकी थिईन्न भने कार्यक्रमको सहजिकरण आयोगका सह सचिव रमेश कुमार दासले गरेका थिए ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधी, सुरक्षकर्मी, संचारकर्मी लगायत बिभिन्न धर्मका धर्म गुरुहरुको सहभागीता रहेको थियो ।