बर्दिवास प्रहरीको ठुलोे सफलता, पिकअप सहित एक जना प्रहरीको फन्दामा

16

बैशाख २७, बर्दिवास प्रहरीले शनिबार ठुलोे सफलता हात पारेको छ । ईलाका प्रहरी कार्यालय बर्दिवासले बिलबिजक बिनाको पिकअप सहित एक जनालाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख प्रहरी निरिक्षक अशोक कुमार यादवको कमाण्डमा खटिएको ट्राफिक सहितको चेकिङ प्रहरीले बर्दिवास देखि सिन्धुली तर्फ जादै गरेको प्र.२–०३–००१च. ०८४५ नं. को पिकअपमा बिभिन्न जातको निम्न परिमाणमा रहेका फुलहरु लोड गरी लैजादै गरेको अवस्थामा संकास्पद रहेको हुदाँ चेकजाच गर्दा कागजात बिलबिजकमा कमि देखिदा पिकअप सहित चालक जिल्ला सर्लाही लालबन्दी नगरपालिका वडा नम्बर १७ निवासी २९ बर्षिय नेत्र बहादुर बिश्वकर्मालाई प्रहरी नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका बिश्वकर्मा सहित पिकअप आबश्यक अनुशन्धानका लागी ईलाका प्रहरी कार्यालय बर्दिवासमा ल्याईको र थप अनुसंधान भईरहेको प्रमुख प्रहरी निरिक्षक यादवले जानकारी दिए । बर्दिवास प्रहरीको अहिले सम्मकै ठुलो सफलताको रुपमा देखिएको छ, भने आम नागरीकबिच प्रहरी निरिक्षक यादवले छुटै पहिचान बनाउन सफल समेत भएका छन ।

प्रहरीले पक्राउ गरेको पिकअपमा सयपत्री फुल १० पोका, फुलको हागा १ पोका, गुलाबको फुल १ पोका, रातो जातको फुल १ पोका गरी मनुमानीत मुल्य करिव ४१ हजार बराबरको फुल रहेको थियो, भने मरिच ३० किलोको दरले १२ बोरा गरि अनुमानीत मुल्य करिव ५ लाख ४० हजार बराबरको रहेको बर्दिवास प्रहरीले जनाएको हो । पक्राउ परेको सामानको भेलुएसन रु १० लाख रुपैया लगाइएको छ ।

Leave A Reply

Your email address will not be published.