बलुचिस्तानमा बसबाट ९ यात्रुलाई जबरजस्ती झिकेर गोली हानी हत्या

56

पाकिस्तानको बलुचिस्तानको झोब जिल्लामा अज्ञात बन्दुकधारीहरूले पञ्चाबका ९ जना यात्रुहरूलाई बसबाट तानेर हत्या गरेका छन्। अज्ञात बन्दुकधारी समूहले बलुचिस्तानको राजधानी क्वेटाबाट पञ्जाब जाँदै गरेको बसका यात्रुलाई ओरालेर गोलि हानेको थियो।

यात्रुहरूलाई बसबाट ओरालेर मारिएको घटना अज्ञात बन्दुकधारीहरूले घेरेको क्षेत्रमा भएको थियो। यसैबीच, बलुचिस्तान सरकारका प्रवक्ता शाहिद रिदले एक विज्ञप्ति जारी गर्दै भनेका छन् ‘आतंककारीहरूले कलात, मास्तुङ र झोबमा आक्रमण गरेका छन्।’

उनले भने, ‘सुरक्षा बलले तीनै ठाउँमा तुरुन्तै कारबाही गर्यो। हामी जनताको सुरक्षाको लागि पूर्ण रूपमा सतर्क अवस्थामा छौं। ’

Leave A Reply

Your email address will not be published.