बहुअरी मन्दिरमा युवाहरु द्धारा दोस्रो पटक हनुमान चलिसाको पाठ
माघ, २३ वीरगंज आनन्द पटेल
बाराको परवानीपुर गाउँपालिका वडा नं ५ बहुअरी टोल स्थित बाईपास रोडमा रहेको श्री हनुमान मन्दिरमा युवाहरुले आज दोस्रो पटक सामूहिक हनुमान चालिसा पाठ पढेका छन् ।
मंगलबार बहुअरी टोलका रोहित यादवको अध्यक्षतामा सो हनुमान चालिसा पाठ पढिएको हो । पाठ पढ्नेहरुमा कृष्ण झा, विशाल पटेल, विन्देश्वर पटेल, रोहित यादव, करण पासवान , अजीत राम, अमित पासवान, राजन यादव, आनन्द पटेल लगायत रहेका छन ।
विगतका केही महिनामा बारा र पर्सा लगायतका जिल्लाहरूमा युवाहरुले सामूहिक पूजा पाठमा विशेष ध्यान दिइरहेको हुनाले हामी युवाहरुले आज दास्रो पटक पनि हनुमान मन्दिरमा हनुमान चालिसा पाठ पढने निर्णय गरेको टिमका सदस्य रोहित यादवले जानकारी दिए । पूजापाठ गर्नुको साथै मन्दिरमा युवाहरुले सरसफाई समेत गरेका थिए । ूहामीले आफ्ना धर्म संस्कृतिलाई संरक्षण गर्न र सामाजिक परम्परालाई जोगाउनेका निमित हामी युवाहरु निरन्तर हनुमान चालिसा पाठ शुरु गरेको टिमका रोहित यादवले जानकारी दिएू ।
साथै आउने दिनमा मन्दिरको सरसफाई गर्नुको साथै यसको संरक्षणमा पनि विशेष ध्यान दिने युवाहरुले बताएका छन । पछिलो समयमा विभिन्न मठमन्दिरहरुमा युवाहरुले पूजापाठ गर्ने सक्रियता बढेको छ ।