बहुअरी स्थित ( नौतन् ) टोलमा दुर्गा पूजाको लागि माटो संकलन गर्ने कार्यक्रम सम्पन्न
३१ भदौ, बारा आनन्द पटेल
बाराको परवानीपुर गाउँपालिका वडा नं ५ बहुअरी स्थित ( नौतन् ) टोलमा सोमबार दुर्गा पूजाको लागि माटो संकलन गर्ने कार्यक्रम सम्पन्न भएको छ । गाउँका स्थानीय महिला , दिदी बहिनी लगायत यूवाहरुले माटो संकलन गरेका छन ।
दुर्गा पूजा गर्दा सब भन्दा पहिले गाउँकै महिलाहरुले माटो संकलन गर्ने पुरानो परम्परा रहेको छ । तर नयाँ पिढीले यो परम्परालाई बिर्सिंदै गएको देखेर
यस टोलका स्थानीयहरूले पुर्खौ देखि चल्दै आएको परम्परालाई जोगाउँदै आज दुर्गा माताको मुर्ति स्थापना गर्नका लागि माटो संकलन गरेका छन । यो कार्यक्रम दुर्गा पूजा समितिका अध्यक्ष कृष्णा कुमार साहको अध्यक्षतामा सम्पन्न भएको हो ।
माटो संकलनसँगै पुरानो परम्परा अनुसार दुर्गा पूजाको आजदेखि पूजापाठ सुरु भएको छ । यस कार्यबाट यस टोलका स्थानीयहरू पनि निकै हर्षित र खुशी छन । यस कार्यको लागि यस टोलका यूवा नेता तथा समाज सेवी सञ्जु साहले यूवाहरुलाई सहयोग गर्नुको साथै उनीहरूको प्रशंसा पनि गरेका छन । उनले भने ु यस टोलका यूवा, बुद्धिजीवी साथी भाई सबै बसेर दुर्गा पूजा पुरानो परम्परा अनुसार मनाउने निर्णय गरियो । जस अन्तर्गत सबैले यो कार्यमा हातेमालो गर्दै आज भब्य रुपमा दुर्गा माताको माटो संकलन गर्ने कार्य सफल भएको छ। र आउने कलश यात्रामा सबै महिला, दिदी, बहिनीहरुलाई सहभागी हुन समाजसेवी साहले आग्रह गरेका छन् ।
सो अवसरमा स्वच्छ समाज यूवा क्लवका अध्यक्ष भूपेन्द्र पटेल, उपाध्यक्ष उमेश साह, सलाहकार सरोज यादव, क्लबका सदस्य सन्दिप यादव, अखिल पटेल, प्रमोद यादव, सञ्चारकर्मी आनन्द पटेल, दुर्गा पूजा समितिका उपाध्यक्षदय नमोजी प्रसाद साह, रमेश साह, धीरज साह, कोषा अध्यक्ष अरुण गुप्ता, सचिव गणेश कुमार साह, रमेश कुमार दास, सह सचिव रामप्रबेश गुप्ता , राहुल दास लगायत क्लबका सदस्यहरूको उपस्थिति रहेको थियो ।