बहुअर्वामा इट्टा भठ्ठाको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालिकाको मृत्यु

30

वीरगञ्ज । पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नम्बर–५ बहुअर्वामा इट्टा भट्टाको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालिकाको ज्यान गएको छ।

आज दिउँसो बाख्रा चराउन गएका बेला हिरा इट्टा भट्टा उद्योग नजिक रहेको माटो निकालिएको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको हो।

मृत्यु हुनेमा सोही स्थानका रुस्तम मियाँकी ५ वर्षीया छोरी नेहा खातुन र मुख्तार मियाँकी ५ वर्षीया छोरी अफसाना खातुन रहेका छन्।

स्थानीयहरूले घटनापछि हिरा इट्टा उद्योगको चरम लापरवाही रहेको भन्दै आक्रोश व्यक्त गरेका छन्। ूगाउँघरमा जो कोही पनि खेतबारीतिर जान्छन्। माटो खनेपछि त्यसलाई व्यवस्थित गर्नुपथ्र्यो, तर उद्योगले बेवास्ता गर्‍यो,ू एक स्थानीय बासिन्दाले बताए, ूअनाहकमा दुई निर्दोष बालिकाले ज्यान गुमाउनु परेको छ। दोषीलाई कारबाही गर्नुपर्छ।ू

गम्भीर घाइते भएका दुवै बालिकालाई तत्कालै उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल ल्याइएको थियो तर उपचारका क्रममा दुबैको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Leave A Reply

Your email address will not be published.