बाइपास स्थित श्री हनुमान मन्दिरमा नयाँ व्यवस्थापन समिति गठन, धार्मिक–सांस्कृतिक विकासमा जोड

41

२९ काार्तिक, आनन्द पटेल

वीरगन्ज बाइपास स्थित स्पर्श अस्पताल नजिक रहेको श्री हनुमान मन्दिरको व्यवस्थापन समिति शनिबार गठन गरिएको छ। समुदायको सहभागितामा सम्पन्न बैठकले आगामी दिनमा मन्दिरलाई धार्मिक, सांस्कृतिक र सामाजिक श्रद्धाको केन्द्रका रूपमा उभ्याउने लक्ष्यसहित नयाँ समिति चयन गरेको हो। नवगठित समितिको अध्यक्षमा विन्देश्वर प्रसाद पटेल, उपाध्यक्षमा लक्ष्मी साह, सचिवमा सुदामा प्रसाद पटेल, सह–सचिवमा विशाल प्रसाद कुर्मी, कोषाध्यक्षमा लालबाबु प्रसाद कुर्मी तथा सदस्यहरूमा विश्वनाथ यादव, महन्थ हजरा, रञ्जु देवी र रीकी कुमार रहेका छन्।

वीरगन्ज महानगरपालिका–१४ का वडा सदस्य देवकरण प्रसाद कुर्मी र परवानीपुर गाउँपालिका–५ बहुअरीका वडा सदस्य दारा सिंह पटेलको संयुक्त अध्यक्षतामा बसेको बैठकले हनुमान मन्दिरलाई स्थानीय सांस्कृतिक पहिचान र आस्था जोड्ने महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्ने निर्णय समेत गरेको छ।

समितिका अध्यक्ष विन्देश्वर प्रसाद पटेलका अनुसार मन्दिरको जीर्णोद्धार, संरचनाको संरक्षण, धार्मिक अनुष्ठानको व्यवस्थापन, भजन–कीर्तन, सत्सङ्ग, पुराण तथा विभिन्न पर्व–उत्सवको सम्मानजनक आयोजना समिति निष्पक्षता र पारदर्शिताका साथ सञ्चालन गर्नेछ। साथै, मन्दिर परिसरमा नियमित सरसफाइ, हरियाली संरक्षण तथा आध्यात्मिक वातावरण प्रवर्द्धनलाई प्राथमिकता दिइनेछ।

सो अवसरमा स्थानीय समाजसेवी, बुद्धिजीवी तथा श्रद्धालुहरू—सुरेन्द्र पटेल, सन्नी पटेल, मन्दिप यादव, श्याम राम, मनोज पटेल, देवकरण कुर्मी, सन्नी साहलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले समितिलाई धार्मिक–सांस्कृतिक संरक्षणमा अग्रसर रहन शुभकामना व्यक्त गरेका छन्।

Leave A Reply

Your email address will not be published.