बारागढी गाउँपालिकाका तीर्थयात्रुहरूलाई वीरगञ्जको नारायणी अस्पतालमा निःशुल्क उपचार
वीरगञ्ज। भारतको बिहार स्थित समस्तीपुरमा भएको सवारी दुर्घटनामा घाइते भएका बारा जिल्लाको बारागढी गाउँपालिकाका तीर्थयात्रुहरूलाई वीरगञ्जको नारायणी अस्पतालमा निःशुल्क उपचार गरिएको छ। भारतको झारखण्ड स्थित वैद्यनाथ धाम ९देवघर० मा जल चढाउन गएका तीर्थयात्रुहरू सवार बस आइतबार बिहान दुर्घटनामा परेको थियो।
बारागढी गाउँपालिका वडा नम्बर ३ का ४३ जना तीर्थयात्रुहरू सवार रहेको ना ७ ख ६४४६ नम्बरको बसलाई तीव्र गतिमा आएको ट्रकले ठक्कर दिएको थियो। यसले गर्दा बस सडकमै पल्टिएको थियो। दुर्घटनामा परि घाइते भएका वडा नम्बर ३ मुर्किपलियाका २२ जना तीर्थयात्रुहरूलाई वडाध्यक्ष उमेश साह कानुको समन्वयमा एम्बुलेन्स मार्फत सोमबार बिहान वीरगञ्जको नारायणी अस्पतालमा उपचारका लागि ल्याइएको थियो।
नारायणी अस्पतालको सामाजिक सेवा इकाईअन्तर्गत घाइतेहरूको निःशुल्क उपचार गरिएको अस्पतालका शाखा प्रमुख सोनालाल चौरसियाले जानकारी दिएका छन्। उनका अनुसार २२ जना घाइतेहरू मध्ये १९ जनालाई निःशुल्क उपचारपछि घर पठाइएको छ। दुर्घटनामा परेका बाँकी यात्रुहरूको पनि अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
दुर्घटना भारतको समस्तीपुर स्थित नेशनल हाइवेमा आइतबार बिहान भएको थियो। तीर्थयात्रामा रहेका स्थानीय बासिन्दाहरू सुरक्षित रूपमा फर्कन सकून् भन्ने उद्देश्यले वडाध्यक्ष साहको सक्रियतामा आवश्यक सम्पूर्ण सहयोग पुर्याइएको थियो।