बारामा विषालु सर्पको टोकाइबाट ११ वर्षीय बालकको मृत्यु

185

बारामा विषालु सर्पको टोकाइबाट ११ वर्षीय बालकको मृत्यु भएको छ। घरमा सुतिरहेका बेला विषालु सर्पले टोक्दा महागढीमाई नगरपालिका–१० निवासी शिवचन्द्र लोहारका ११ वर्षीय छोरा राकेश शर्माको मृत्यु भएको हो ।

सोमबार राति गोमन सर्पले टोकेर सिकिस्त भएका बालकलाई आफन्तले ढिलो गरी अस्पताल पुर्याउँदा उनको मृत्यु भएको प्रादेशिक अस्पताल कलैयाका सूचना अधिकारी प्रेमकुमार
पण्डितले जानकारी दिए ।

सर्पले टोके पनि मुसाले टोकेको होला भनेर अभिभावकले बालकलाई अस्पताल लैजान ढिलो गरेको पाइएको छ।

गएको साउनदेखि हालसम्म बारामा तीनसय ७ जना सर्पले टोकेका बिरामी उपचारको लागि अस्पताल पुगेका छन्। त्यसमध्येका नौ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ।

Leave A Reply

Your email address will not be published.