बिद्युतिय लोडसेडिङ्गका कारण उद्योगी मर्कामा समस्या तत्काल समाधान गर्न सांसद हजराको मांग
रामप्रवेश गुप्ता,वीरगन्जः नेकपा एमालेका सांसद प्रभु हजराले बिद्युतीय लोडसेडिङ्गका कारण बारा, पर्साका उद्योगीहरुले भोगीरहेका समस्यालाई तत्काल समाधानमा ल्याउन मांग गरेका छन । सांसद हजराले आज संसदमा शुन्य समयमा बोल्दैं सो मांग गरेका हुन ।
नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका सांसद हजराले अहिले बढदों गर्मीको समयमा खास गरि तराई मधेशका जनताको लागी खाानेपानीको कमि मुख्य समस्याको रुपमा देखिएकोले समयमै सो समस्या समाधनमा लाग्न संसद मार्फत खानेपानी मन्त्रीलाई ध्यानकर्षण गराएका हुन ।
उनले बाराको सिमरामा रहेको सेजको करिब नौं सय बिघा जग्गा मध्ये केही जग्गा राखेर बाकिको जग्गालाई औद्योगिक क्षेत्र घोषणा गर्न उद्योग मन्त्रीसंग मागं समेत गरेका छन ।