बिपिएस +२ कलेजका विद्यार्थीहरुलाई मोटिभेसनल ट्रेनिङ सम्पन्न, विद्यार्थीहरुलाई निरन्तर प्रयास गरिरहन वक्ताहरुको जोड

33

बीरगंज महानगरपालिका वडा नम्बर ११ मा रहेको बिपिएस ं२ कलेजका विद्यार्थीहरुलाई एक दिने मोटिभेसनल ट्रेनिङ तालिम शुक्रवार स्थानीय होटल भिसुवामा सम्पन्न भएको छ। कलेजका संचालक दिपक पटेलको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रको प्रमुख आतिथ्यमा सो मोटिभेसनल तालिम सम्पन्न भएको हो ।कार्यक्रममा प्रमुख गौतमले विद्यार्थी जिवनमा आफुले धेरै संघर्ष गरेर आएको बताएका छन् ।

उनले अहिलेका विद्यार्थी जीवन धेरै सुखमय भएकोले आफ्नो लक्ष्य प्राप्ति गर्न र आफ्नो आमाबाबुको चाहना तथा कलेजको नाम उच्च राख्न एसपी गौतमले सुझाव दिनुभएको छ। उहाँले अहिले युवा पुस्तामा लागू औषध र दाइजो प्रथा धेरै डर लाग्दो अवस्था रहेकोले त्यसबाट टाढा रहन समेत एसपी गौतमले आग्रह गरेका छन् ।

यो तालिमले मानिसको मानसिकता, सोच, र आत्मविश्वासलाई बलियो बनाउने उद्देश्य रहेको बताए । यसता प्रकारको ट्रेनिङले व्यक्तिगत, सामाजिक र व्यावसायिक जीवनमा सफल हुन उत्प्रेरणा दिन्छ। मोटिभेसनल ट्रेनिङका मुख्य उदेश्य भनेको आत्मविश्वास वृद्धि आफ्नो क्षमतामा विश्वास गर्न सिकाउने।लक्ष्य निर्धारण र योजनाबद्ध कार्य – स्पष्ट लक्ष्य बनाउने र तिनीहरू हासिल गर्न रणनीति तयार गर्ने।सकारात्मक सोच विकास – नकारात्मक विचार हटाएर सकारात्मक सोच जगाउने समय व्यवस्थापन समयको सदुपयोग र प्राथमिकता निर्धारण गर्ने तरिका सिकाउने। तनाव व्यवस्थापन – कठिन परिस्थितिमा पनि शान्त र केन्द्रित रहन सहयोग गर्ने।

नेतृत्व विकास – अरूलाई मार्गदर्शन गर्न सक्ने क्षमताको विकास रआत्मनिर्भरताउद्यमशीलता, युवा सशक्तिकरणको लक्ष्य निर्धारण र धैर्य गर्न सक्ने उद्देश्य विद्यार्थीहरुमा सशक्तिकरणका लागि यो मोटिभेसनल ट्रेनिङ आवश्यकता रहने बताएका छन् । तालिममा बीरगंज उधोग वाणिज्य संघका अध्यक्ष हरि गौतम ,तथा कलेजका संचालक समितिका पदाधिकारीहरु विद्यार्थी पत्रकार शिक्षक शिक्षिकाहरुको उल्लेखनीय सहभागी रहेको थियो ।

Leave A Reply

Your email address will not be published.