भएको छ ।
बिरगंज १० कार्तिक अभिलाष गुप्ता।
आज बिरगंज कपडा बैंक द्वारा दिपावली तथा छठको शुभ अवसरमा बिरगंज कपडा बैंकले शनिबार बिरगंजको घण्टाघरमा निस्शुल्क कपड़ा वितरण कार्यक्रम सुसम्पन्न गरेको छ। प्रत्येक दिन आइतबार देखि शुक्रवार सम्म बिहान १०।३० देखि ५ बजे सम्म आफ्नो कार्यालय बिरगंज (८ बाट गरीब असहाय लाई निशुल्क कपड़ा उपलब्ध गराउदै आएको बैंकले शनिबार बिरगंजको घण्टाघरमा नया पुराना गरि करिब १२ सय थान कपड़ा वितरण गरिएको सचिव कन्हैया पटेलले बताए ।
बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथी बैंकका संरक्षक वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मि ,सल्लाहकारहरु अधिवक्ता प्रकाश उपाध्याय र समाजसेवी हुकुम सिंह राजपुत,राजेन्द्र भट्टराई युवा अभियन्ताहरु केदार गुप्ता, राहुल सिंह राजपुत र सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण रायमाझी,सदस्यहरु निला राम ,जानकी देवि,अभिलाष गुप्ता, राजेश श्रीवास्तव , नवराज भट्टराई ,घण्टाघर प्रहरी पोस्टका प्रमुख असइ लालबाबु यादव , बैंकका कर्मचारी शोभा देवि लगायत को सहभागिता रहेको थियो ।
सो अवसरमा प्रमुख अतिथि अधिवक्ता कुर्मिले दिन दुखी असहाय को सेवा सहयोग गर्ने उद्देश्य बोकि ू जो संग धेरै कपडा छ हामिलाइ दिएर जानुस र नहुने वा आवस्यकता हुनेले हामी संग निशुल्क लिएर जानुस ू को मुल मन्त्रलाई आत्मसात गरेर बिगत ६ बर्ष देखि प्रत्येक दिन कार्यालयबाट र प्रत्येक महिना घण्टाघर लगायत आगलागी बाढी जस्ता बिपत्तिमा पिडितहरु लाई उनिहरुकै घर आगनमै पुगेर लत्ताकपडा को साथै अन्य सहयोग पुर्याएर सेवा गर्दै आइरहेको छ ।
हामी सम्पुर्णले आआफ्नो आम्दानिको ५ देखि १०५ रकम समाजिक सेवामा दिन दुखी असहायको सेवा सहयोगमा खर्चिनु पर्ने बानी बसाल्न आग्रह गर्नु हुँदै वीरगन्ज कपडा बैंकको नेक कार्यलाइ सहयोग गर्ने सम्पुर्ण दाताहरु सुभेच्छुकहरु, सन्चारकर्मिहरु , संस्थाका सल्लाहकारहरु ,पदाधिकारी सदस्यहरु लाई हार्दिक आभार प्रकट गर्दै दिपावली र छठ पर्वको बधाई शुभकामना व्यक्त गर्नु भएको थियो ।
सो अवसरमा सल्लाहकारद्वय उपाध्याय दिनदुखी असहाय कोहि पनि नाङ्गो नरहोस चाडपर्वको बेला नया किन्न नसकेपनी नया खालकै कपडा सहयोग गरि दिन आग्रह गर्दै सहयोगी दाता शुभेच्छुकजन प्रती आभार प्रकट गर्दै पर्वहरुको शुभकामना ब्यक्त गरेका थिए ।
अध्यक्ष सिंहले हामी सबैको साझा प्रयास सहयोगले दिन दुखी असहायको सेवा सहयोग हुने र त्यो नै मानवको सर्बोत्तम धर्म भएको भन्दै सम्पुर्ण लाई आआफ्नो ठाउबाट दिन्दुखी असहायको सेवा सहयोग गर्न आग्रह गर्दै मानवताप्रेमी सहयोगी दाता, सुभेच्छुक ,सल्लाहकार,पदाधिकारी सदस्यजन प्रती आभार ब्यक्त गर्दै दिपावली र छठ पर्वको शुभकामना व्यक्त गरेका थिए ।