बिल बिजक भन्दा बढी हार्डवेयर तथा खुद्रा सामान सहित ट्रक नियन्त्रणमा

322

जेठ २८ वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट हार्डवेयर पार्टस् तथा खुद्रा सामानहरू लोड गरिएको ट्रक नियन्त्रणमा लिएको छ । बिल विजक भन्दा बढी बिभिन्न किसिमका हार्डवेयर पार्टस तथा खुद्रा सामानहरू बोकेको म.प्र.०३–००२ ख १४४० नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।

जेठ २५ गते राति १०ः४५ बजे वीरगञ्ज महानगरपालिका वडा नं. ८ घण्टाघर स्थित सडकखण्डमा म.प्र.०३–००२ ख १४४० नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल बिजक शंकास्पद देखिएको तथा विल बिजक संकास्पद रहेको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिएको २७ लाख ७७ हजार ६ सय ४१ रुपैया मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि आईबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.