बिहारका आम जनता खुसी : १२५ युनिटसम्मको बिजुली नि:शुल्क

67

भारतको बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारले घरेलु उपभोक्ताले १२५ युनिटसम्मको बिजुलीका लागि शुल्क तिर्नु नपर्ने घोषणा गरेका छन् । उनले अगस्ट १ देखि देखि यो व्यवस्था लागू हुने बताएका छन् ।

नितिश कुमारले यसबाट राज्यका १ करोड ६७ लाख परिवार लाभान्वित हुने बताए। ‘हामीले आगामी तीन वर्षमा यी सबै घरेलु उपभोक्ताको सहमति लिएर घरको छत र नजिकैको सार्वजनिक स्थानमा सौर्य ऊर्जा केन्द्र जडान गरेर लाभ दिने निर्णय गरेका छौं,’ उनले भने ।

उनले कुटीर ज्योति योजना अन्तर्गत अति विपन्न परिवारका लागि सौर्य ऊर्जा केन्द्र स्थापना गर्ने सम्पूर्ण खर्च राज्य सरकारले व्यहोर्ने र बाँकी रकमको लागि पनि सरकारले उचित सहयोग गर्ने बताए ।

साथै, उनले आगामी तीन वर्षमा राज्यमा १० हजार मेगावाटसम्म सौर्य ऊर्जा उपलब्ध हुने दाबी समेत गरे । बिहारमा यस वर्षको अन्त्यमा विधानसभा चुनाव हुन लागेकै बेला नितिश कुमारले यस्तो घोषणा गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.