बीमा सेवा अवरोध : बोर्डले नियम उल्लङ्घन गर्नेहरूलाई सजायको चेतावनी

44

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा सेवा प्रदान नगर्ने स्वास्थ्य संस्थाहरूलाई कानुन अनुसार कारबाही गरिने चेतावनी दिएको छ। बोर्डका कार्यकारी निर्देशक कृष्णप्रसाद पौडेलका अनुसार नियमविपरीत कार्य गर्ने सेवा प्रदायक पाइएको खण्डमा स्वास्थ्य बीमा ऐन, २०७४ बमोजिम कारबाही हुनेछन्।

बोर्डले स्वास्थ्य संस्थाहरूले बीमितलाई अग्रिम समय लिन बाध्य पार्ने, भेदभाव गर्ने, आवश्यक सेवा सुविधा र औषधि उपलब्ध नगराउने लगायतका अनियमितताप्रति ध्यानाकर्षण गरेको छ।

Leave A Reply

Your email address will not be published.