बीरगंज कलेजमा अध्यानरत बीबीएस चौथो वर्षका विद्यार्थीहरुको बिदाई कार्यक्रम समपन्न
बीरगंज , बीरगंज महानगरपालिका वडा नम्बर ११ श्रीपुरमा रहेको बीरगंज कलेजमा अध्यानरत बीबीएस चौथो वर्षका विद्यार्थीहरुको बिदाई कार्यक्रम सम्पन्न भएको छ। बीरगंज कलेजका अध्यक्ष डाक्टर दिपेन्द्र चौधरीको अध्यक्षता तथा बीरगंज उधोग वाणिज्य संघका अध्यक्ष हरि गौतमको प्रमुख आतिथ्य मधुशाला फेमली रेष्टुरेन्टमा सो बिदाई समारोह सम्पन्न भएको हो ।
प्रमुख अतिथि गौतमले अबको लक्ष्य प्राप्त गर्ने बाटो खुलेको छ उच्च शिक्षा हासिल गर्न र आफ्नो अभिभावकको लक्ष्य कलेजको इज्जतलाई ख्याल गदै अगाडि बढन सुझाव दिनुभएको छ। विद्यार्थीहरुको भबिस्य कतातिर लैजाने हो त्यो आफैंले निधारण गर्ने क्षमता भएकोले लक्ष्य प्राप्तिका लागि थप संर्घष गर्न बाकी रहेको अध्यक्ष गौतमले बताएका छन् ।
बिदाई समारोहमा सहायक क्याम्पस चिफ रुदल ठाकुर ,बीबीएस कोडिनेटर दिपेशलाल कर्ण,परिक्षा कोडिनेटर डिके जैसवाल ,प्याब्सनका पुर्व केन्द्रीय सदस्य प्रकाश उपाध्याय,फजुल अहमद ,ं२ का कोडिनेटर राजेश्वर चौधरी ,शिक्षक सुनिल चौधरी ,सुनिल यादव ,प्रचेत कर्ण लगायतले विद्यार्थीहरुको भबिस्यको शुभकामना तथा बधाई दिनुभएको थियो ।कार्यक्रमको स्वागत मनतब्य बीरगंज कलेजका प्रशासन प्रमुख सुरेश चौधरीले गर्नुभएको थियो भने सहजिकरण विद्यार्थीहरु सोनम पटेल र पवनकुमारले गरेका थिए।