बीरगंज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६ औ वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम समपन्न

404

११ बैशाख, वीरगंज

रक्तदान जिवनदान भन्ने मुल नाराका साथ बीरगंज बचत तथा ऋण सहकारी संस्था ९ विस्को. लिमिटेडको २६ औ वार्षिकोत्सबको अवसरमा खुल्ला रक्तदान कार्यक्रम समपन्न भएको छ । कार्यक्रममा ७ जना महिला सहित ३२ जनाले रक्तदान गरेका छन् । संस्थाका अध्यक्ष डिल्ली बिक्रम कार्कीको अध्यक्षतामा सम्पन्न सो वार्षिकोत्सब समारोहमा राष्ट्रिय सहकारी बैंकका प्रमुख संजय कुमार महतो तथा सिएमसि क्लबका अध्यक्ष रविभुषण श्रीवास्तवले सहकारी संस्थाले केवल बचत मात्र गर्ने काम नगरेर मानवीय सेवामा समेत उतिकै महत्त्वपूर्ण योगदान गर्ने भएकोले यो खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको बताएका छन् ।

अहिले सहकारी संस्थाले गरिव तथा विपन्न वर्गको हितमा काम गदै आइरहेको र उनीहरू बैंकको पहुँच भन्दा बाहिर रहेका सर्वसाधारण जनतालाई छिटोछरितो माध्यम बाट रकम उपलब्ध गराउने काम गदै आइरहेको बताएका हुन । संस्थाका अध्यक्ष डिल्ली बिक्रम कार्की तथा सचिव गोविन्द प्रसाद श्रेष्ठले रक्तदान गरेका रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गर्नुहुँदै यस संस्थाले अहिले बचत गर्ने देखि लिएर कर्जा प्रवाह गर्ने तथा आवश्यकता परेको बेला आफ्नो सदस्यहरुलाई सहुलियतमा सेवा प्रदान गर्ने काम समेत गदै आइरहेको सचिव श्रेष्ठले बताए ।

उनले भने यो सबैभन्दा महत्त्वपूर्ण रक्तदान गरेर संस्थाले राम्रो काम गरेको बताएका हुन । भोलि हाम्रै बचतकर्ता वा संचालक जोकोहीलाई पनि रगतको आवश्यकता पर्न सक्ने भएकोले बेलामा रक्तदान गरेर भोलिको भबिस्य निधारण गरिएको बताए ।वार्षिकोत्सब समारोहमा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड पर्साका महासचिव जिष्णु बरालले अहिले सहकारी संस्थालाई कसरी सामाजिकआर्थिक रुपमा आगामी दिनमा धेरै राम्रो गर्न लागिपरेको बताएका छन् । उनले भने अहिले सहकारी संस्थालाई अगाडि बढाउने उदेश्यले हिजो संघले प्रविधि संग कसरी अगाडि बढाउने भन्ने बारेमा करिब १२० जना सहकारी संस्थाका जिम्मेवार ब्यक्तिहरुलाई प्रशिक्षण दिने काम गरेको यसले थप सहकारीमा उर्जा थपने काम गरेको बताए ।हामी सहकारीकर्मीहरुलाई जिम्मेवारी कसरी बनाउने भन्ने बारेमा संघमा आबद्ध भएका सदस्यहरुलाई सामाजिकआर्थिक रुपमा परिवर्तन गदै अगाडि बढाउने काम भएको महासचिव बरालले बताएका छन् ।

नेपाल पत्रकार महासंघका उपाध्यक्ष युवराज खण्डका ,संचालक समितिका सदस्य हिरालाल गिरि,पुर्व कोषाध्यक्ष चन्द्रमान जोशी ,हरिहर साह,हिदय नारायण साह,विनोद तथा अन्य पदाधिकारीहरुको उपस्थित रहेको थियो ।भने रक्तदान गर्नेहरु संजय कुमार महतो,युवराज खण्डका ,वर्षा शाक्य ,मनिला सिंह ,आर्जु देवकोटा ,गीता पौडेल ,रविता पटेल ,रंजित यादव ,प्रविन सिंह ,निजना वस्नेत,सिद्धार्थ क्षेत्री गरि ३२ जनाले रक्तदान गरेको सचिव गोविन्द प्रसाद श्रेष्ठले जानकारी दिनुभएको छ।

Leave A Reply

Your email address will not be published.