बीरगंज स्थित पंचमुखी हनुमान मन्दिरमा ३५ औँ सप्ताह सामुहिक हनुमान चालीसा पाठ सम्पन्न

74

 

०६ साउन, वीरगन्ज

सनातन धर्मप्रति गहिरो आस्था राख्दै बीरगंजका युवा र श्रद्धालु भक्तहरूले मंगलबार बीरगंज महानगरपालिका–७, रेलवेरोडस्थित पंचमुखी हनुमान मन्दिरमा ३५औँ सप्ताहको सामुहिक श्री हनुमान चालीसा पाठ सम्पन्न गरेका छन्।

कार्यक्रम बिहान सुरु गरि सामुहिक चालीसा पाठ गरिएको थियो। तत्पश्चात् आरती, भजन तथा प्रसाद वितरण गर्दै भक्तजनबीच आध्यात्मिक अनुभवको आदानप्रदान गरिएको थियो।

कार्यक्रम संयोजक अमर सरार्फले भने, “हामी हरेक मंगलवार सामुहिक रूपमा हनुमान चालीसा पाठ गर्दै आएका छौं। आज ३५औँ सप्ताह सफलतापूर्वक सम्पन्न भएको छ। यस भक्ति अभियानलाई निरन्तरता दिनु हाम्रो मुख्य उद्देश्य हो।” उनले यस किसिमको धार्मिक आयोजनाले युवापुस्तामा धर्म, संस्कृति र सकारात्मक सोचको विकास हुने विश्वास व्यक्त गरे।

स्थानीय युवाहरुको समुहको सक्रिय सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो। परिवारसहित उपस्थित हुने चलनले बालबालिकालाई पनि चालीसा पाठ र धार्मिक संस्कारप्रति आकर्षित बनाएको सहभागीहरूको भनाइ छ।

अमर सरार्फका अनुसार आगामी दिनमा भक्तजनको सक्रियता बढाउन सहभागी दर्ता पुस्तिका, परिवारको नामबाट ‘एक सप्ताह समर्पण’ प्रणाली, तथा बालबालिकाका लागि धार्मिक प्रश्नोत्तरी कार्यक्रम सुरु गरिनेछ।

हिन्दू सनातन परम्पराअनुसार मंगलबार भगवान् हनुमानको पूजा–उपासना विशेष फलदायी मानिन्छ। पंचमुखी हनुमानको पूजा गर्नाले साहस, स्वास्थ्य र संकट निवारण हुने धार्मिक विश्वास रहेको छ।

Leave A Reply

Your email address will not be published.