बुनियाद र रामपुरमा निःशुल्क आँखा शिविर सम्पन्न, ५४ जनामा मोतियाबिंद फेला

563

माघ,१५ आनन्द पटेल
बाराको परवानीपुर गाउँपालिका वडा नं। १ बुनियाद र वडा नं २ रामपुरमा सोमबार निःशुल्क आँखा चेकजाँच शिविर सम्पन्न भएको छ ।

लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीको आयोजना र परवानीपुर गाउँपालिकाको सहकार्यमा भएको शिविरमा १४७ जनाले आँखा चेकजाँच गराएका हुन् । जस मध्ये ५४ जनामा मोतियाबिंद फेला परेको लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीकी अध्यक्ष सलमा खातुनले जानकारी दिइन ।

शिविरमा माट्रिका आई फाउन्डेसनका अप्टोमेट्रिक्स डाक्टर मनिषा पटेलले आँखा चेकजाँच गरेकी थिइन । मोतियाबिंद फेला परेका सबै जनालाई यही माघ १९ गते शुक्रवारका दिन वीरगंज मै आँखाको शल्यक्रिया गरिने अध्यक्ष खातुनले जानकारी दिइन् ।

शिविरमा परवानीपुर गाउँपालिकाका अध्यक्ष राम क्षत्री प्रसाद पटेल, उपाध्यक्ष सुगान्धी देवी कनुइन, वडा नं। १ का वडाध्यक्ष चोकट महतो धानुक, वडा नं २ का वडा अध्यक्ष महमदनुरुल होदा अन्सारी , लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीका सचिव सुशीला साह, माट्रिका आई फाउन्डेसनका मनोरञ्जन यादव, राजेश चौधरी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अवलोकन गर्दै गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद पटेलले सराहनीय कार्य गरेको लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीका सम्पूर्ण पदाधिकारीहरुलाई धन्यवाद दिएका थिए । साथै उनले आउने दिनमा पनि यस क्लबसंग सहकार्य गरेर सामाजिक कार्यक्रमहरु गर्ने प्रतिबद्धता जनाए ।

 

Leave A Reply

Your email address will not be published.