भाठा मेला हेर्न आएका दुई जना जंगलमा सम्पर्क बिहिन, खोजी कार्य जारी

262

श्रावण २१, पर्सा
भाठा मेलामा दर्शन गर्न आउँदै गरेका मकवानपुरका दुई जना सम्पर्क विहिन भएका छन् । पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत पटेर्वासुगौली गाउँपालिका वडा नम्बर १ मा अवस्थित दुधेश्वरनाथ महादेव ९भाठा मेला० मन्दिरमा दर्शन गर्नको लागी मकवानपुरबाट आउँदै गरेका दुई जना सम्पर्कबिहिन भएका हुन् । ठोरिको जङ्गलको बाटो भएर आइरहेका ६ जनामध्ये ४ जना सम्पर्कमा भएपनि दुई जना शीतलपुर खोलाबाट सम्पर्कविहीन भएको ईलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ । मकवानपुरको शितलपुर खोला र दुधेश्वर महादेव मन्दिर बीचमा पर्छ । सो खोला नजिकै हातिको बथान रहेको हुँदा दुईजनालाई हाथीले आक्रमण गरेको हुन सक्ने आशंका गरिएको छ ।

हराएका दुई जनालाई पर्सा राष्ट्रिय निकुञ्जका गढुवा लाइन पोस्ट, ईलाका प्रहरी कार्यालय ठोरीको टोली सितलपुर खोलातिर खोजी कार्यमा गएको पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले जानकारी दिए । उनकाअनुसार प्रहरीसँगै नेपाली सेना तथा बन एवम् पर्सा राष्ट्रिय निकुञ्जको टोलीले दुई जनाको खोजी गरीरहेको छ । खोलातिर फोन नेटवर्क नभएकोले अन्य जानकारी आउन नसकेको उनको भनाई छ ।

Leave A Reply

Your email address will not be published.